सुर्खेत – दैलेखको डुङ्गेश्वरर गाउँपालिका कार्यालयले निस्कासन गरेका कर्मचारीले लगाएको ताला खुलेको छ। करार नविकरण गर्न दबाबस्वरुप उनीहरूले सोमबार ताला लगाएका थिए। गाउँपालिकाका अध्यक्ष एवं करार कर्मचारीबीच छलफल गर्न बनेको वार्ता टोलीका संयोजक सुन्दरकुमार केसीको अध्यक्षतामा बसेको बैठकले बुधवार दुई बुँदे निर्णय गरेपछि गाउँपालिकामा लगाएको तालाबन्दी खुलेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए। गाउँपालिकामा लगाएको […]