काठमाडौं : पछिल्लो समय राजीनामा दिने सामुदायिक विद्यालयका शिक्षकको संख्या ह्वात्तै बढेको छ। राष्ट्रिय किताबखाना(शिक्षक)का अनुसार दुई सातामा चार सय जना शिक्षकले राजीनामा दिएका छन्।दैनिक निवृत्तिसहित ४० देखि ५० जनाको राजीनामा फाइल आउने गरेको किताबखाना (शिक्षक)का कायम मुकायम उप-महानिर्देशक रामराज खकुरेलले जानकारी दिए। उनले भने,‘हामीकहाँ राजीनामा दिएको फाइल संख्या दुई सातादेखि बढेको छ।’राजीनामा दिनेको संख्या बढेसँगै कामको चाप पनि बढेको छ। जसकारण समस्या थपिएको उनले बताए। उनका अनुसार किताब