नेकपा एमालेका स्थायी समिति सदस्य रघुवीर महासेठको ज्यादतीविरूद्ध युवा संघका नेताहरूले धमाधम राजीनामा दिन थालेका छन् ।
युवा संघका केन्द्रीय उपाध्यक्ष तथा २ नम्बर प्रदेश इन्चार्ज सञ्जीव झाले असोज ११ गते राजीनामा बुझाएका छन् ।
उनले राजीनामा बुझाएपछि २ नम्बर प्रदेशबाट युवा संघमा आवद्ध युवाहरूले धमाधम राजीनामा घोषणा गर्न थालेका छन् ।
केन्द्रीय अनुशासन आयोगका सचिव दिनेश सिंह, केन्द्रीय सचिवालय सदस्यहरू ईद मोहम्मद साफी, अभिषेक अग्रवाल र राम उदागर यादवले राजीनामा घोषणा गरेका छन् । युवा संघका १७ जना केन्द्रीय स...