काठमाडौं, चैत ८ । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् । शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत् शिक्षकहरूले राजीनामा दिन थालेका हुन् । राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक रामराज खकुरेलका अनुसार पछिल्लो समय राजीनामा दिने शिक्षकको संख्या ह्वात्तै बढ्न बढेको छ। […]