पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कबिहीन भएको तारा एयरको बिमान खोज्न गएको फिस्टेल एयरको हेलीकोप्टर जोमसोम विमानस्थल फर्किएको छ । विमान हराएको क्षेत्रतर्फ खोजीका लागि गएको हेलिकोप्टर त्यस क्षेत्रमा मौसम विग्रेको कारण हेलिकोप्टर फर्केको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।