पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कबिहीन भएपछि खोजीमा निस्किएको फिस्टेल एयरको हेलीकोप्टर जोमसोम विमानस्थल फर्किएको छ । त्यस क्षेत्रमा मौसम विग्रेको कारण हेलिकोप्टर फर्केको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । प्रजिअ शर्माले फिस्टेलको हेलिकोप्टरले कुनै जानकारी लिन नसकी फर्केको र केही बेरमा नेपाली सेनाको हेलिकोप्टर त्यस क्षेत्रतर्फ जाने बताउनुभयो । थासाङ …