आधुनिक सडक बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता

काठमाडौं महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ ।

सम्बन्धित सामग्री

दुई हजार छयहत्तर स्मार्ट बत्ती जडान

ललितपुर महानगरपालिकाले महानगर उज्यालो अभियान अन्तर्गत स्मार्ट सडक बत्ती जडान गर्ने कार्य विस्तार गरेको छ । महानगरभरि नै रात्रिकालीन समयमा सहज रूपमा आवतजावत गर्न सकिने गरी महानगरपालिकाले सडक बत्ती विस्तार गर्ने कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको हो । बिहीबार महानगरपालिका वडा नं २५ स्थित भैँसेपाटीमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा सडक बत्तीको उद्घाटन गर्नुभयो । उक्त सडक बत्तीको संयुक्त रूपमा उद्घाटन गरेसँगै अब महानगरपालिकाभित्र स्मार्ट सडक बत्तीको सङ्ख्या दुई हजार ७९ वटा पुगेको महानगरपालिकाले जनाएको छ ।

एक सय ठाउँमा हाइमास बत्ति जडान गर्न ३० करोड बजेट विनियोजन

काठमाडौं : काठमाडौं  महानगरपालिकाले महानगरको एक सय ठाउँमा हाइमास बत्ति जडान गर्न ३० करोड बजेट विनियोजन गरेको छ। आइतबार महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आगामी आव ०८०/८१ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै  ‘उज्यालो शहर, मेरो महानगर’ योजनाअन्तर्गत महानगरका सबै सडक तथा गल्लीमा सडक बत्ती जडान गर्ने बताएकी हुन्।  उनले भनिन्, ‘महानगरका १०० वटा मुख्य चोक तथा क्षेत्रहरूमा हाइमास बत्ती सहितको व्यवस्था गर्ने कार्यक्रमको लागि ३० करोड रुपैयाँ रकम विनियो

सडकमा आधुनिक बत्ती जोड्न महानगर र प्राधिकरणबीच सहमति

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौँ महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ । यस अघि महानगरपालिका, प्राधिकरण र सडक विभागका बिच भएको सहमतिका आधारमा सम्पन्न सम्झौतामा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलबालले हस्ताक्षर गरेका छन् । […]

काठमाडौंको मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न सम्झौता

काठमाडौं महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता भएको छ।

अन्धकार सडक

शहरी सडक उज्यालो पार्ने विषयमा समन्वय हुन नसक्दा राजधानी काठमाडौंका प्रमुख सडक अन्धकारपूर्ण देखिने गरेका छन् । महानगरपालिका भएर पनि अँध्यारो सडकमा यात्रा गर्नुपर्दा पैदल यात्रु र सवारीसाधन चालकसमेत समस्यामा परेका छन् भने विभिन्न आपराधिक घटनासमेत भएको पाइन्छ । काठमाडौं महानगरपालिकाले ‘स्मार्ट स्ट्रीट लाइट’ जडान गर्न सम्झौता गरेको २ वर्ष बितिसक्दा पनि काम अघि बढेको छैन । महानगरमा नवनिर्वाचित मेयर बालेन शाहले सडक बत्तीका लागि काम अघि बढाउन त्यति चासो दिएको पाइँदैन । सँगैको ललितपुर महानगरपालिकाले आफ्ना धेरैजसो सडकमा झिलिमली पार्दा काठमाडौंले त्यो गर्न नसक्ने पक्कै होइन । त्यसैले महानगर प्रशासनको प्राथमिकतामा सडक बत्ती नपरेको भन्ने यसले देखाउँछ । शहरी सौन्दर्य र सुरक्षासँग जोडिएको विषय हो : सडक बत्ती । यसले सडक उज्यालो पार्ने मात्र होइन, रात्रिकालीन शहरलाई चलायमान बनाउन पनि मद्दत गर्छ । विश्वका पुराना शहरहरूमा सडक बत्तीको सजावटबाट पर्यटकलाई आकर्षित गरेको पाइन्छ । प्यारिसलगायत थुप्रै शहरमा यस्तो दृश्य देख्न पाइन्छ । सांस्कृतिक नगरीको उपमा दिने गरिएको काठमाडौंमा भने सांस्कृतिक सम्पदाका क्षेत्रहरूमा समेत अन्धकार पाइन्छ । विश्व सम्पदामा सूचीकृत भनेर गर्व गरेर मात्र पुग्दैन, त्यसअनुसार साजसज्जा गरिनु पनि आवश्यक हुन्छ । बिजुलीबत्तीको कलात्मक सजावट राजधानीका कुनै पनि ठाउँमा पाइँदैन । सांस्कृतिक सम्पदा क्षेत्रमा यसको आवश्यकता महानगरले देखेको पाइँदैन । सडक बत्तीको व्यवस्थापनको जिम्मेवारी सडक विभाग, विद्युत् प्राधिकरण र महानगरपालिकामध्ये कसको हो भन्नेमै पनि विवाद पाइन्छ । महानगरले प्राधिकरणले आफ्नो जमीनमा पोल गाडेकाले बिजुली बालिदिनुपर्छ भन्ने तर्क गरेको समेत पाइन्छ । जे भए पनि यी निकायबीच समन्वय र सहकार्य नहुँदा सर्वसाधारणले समस्या भोग्नु परिरहेको छ । सौर्य सडक बत्ती बाल्ने र त्यसको लागत विज्ञापनमार्फत उठाउने भनेर एउटा स्टार्ट अपले केही सडकमा बत्ती जडान गरेको थियो । तर, उसले त्यसलाई निरन्तरता दिन सकेन । ती बत्ती करीब करीब काम नलाग्ने भइसकेका छन् । त्यसलाई सहयोग गरिदिएको भए पनि सडक उज्यालो बनाउन सकिन्थ्यो । प्राधिकरण र महानगरले साझेदारी गरेर पनि सडक झिलिमली बनाउन सक्छन् । उपभोक्ता समितिको सक्रियतामा भित्री सडक उज्यालो भएको पाइन्छ । त्यही मोडल अपनाउन सकिन्छ भने त्यसतर्फ पनि ध्यान दिनुपर्छ ।

महानगरभित्र छिट्टै ७ हजार ५ सय स्मार्ट सडक बत्ती : मेयर रेनु दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगर क्षेत्रभित्र  छिट्टै ७ हजार ५ सय स्मार्ट सडक बत्ती जडान सम्पन्न हुने बताएकी छन् । चितवन उद्योग संघले मंगलबार आयोजना गरेको प्रमुख तथा उप–प्रमुखलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख दाहालले सो कुरा बताएकी हुन् ।प्रमुख दाहालले नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको सहकार्यमा २ सय ५० किलोमिटर सडकमा  ७ हजार ५ सय स्मार्ट सडक बत्ती जडान कार्य भइरहेको जानकारी दिइन् । महानगरको आगामी विकास निर्माणका विषयमा विषयगत क्षेत्रस

भरतपुरमा उज्यालो सहर अभियान

भरतपुर–भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान सुरु गरिएको छ । भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो । अभियान अन्तर्गत ७८ दशमलब १ किलोमिटर सडक क्षेत्रमा एक हजार ९३३ बत्ती जडान गरिने छ । महानगर प्रमुख रेनु दाहालका अनुसार मूल्य अभिवृद्धि […]

थप ११ सय स्मार्ट सडक बत्ती जोड्दै ललितपुर महानगर

२० माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले नगर क्षेत्रमा दोस्रो चरणमा थप ‘स्मार्ट स्ट्रिट लाइट’ (सडक बत्ती) जडान गर्न गर्ने भएको छ । मेयर चिरिबाबु महर्जनका अनुसार नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोग र महनगरपालिकाको लगानीमा थप ११ सय सडक बत्ती जडान गर्न लागिएको हो । बुङ्मती, खोकना, सुनाकोठी, धापाखेल, भैंसेपाटी, हरिसिद्धीलगायतका क्षेत्रका सडक पनि अब अध्याँरोमुक्त […]

पोखराका व्यस्त चोकमा स्मार्ट लाइट जडान हुँदै

कास्की । भौगोलिक रूपमा देशकै ठूलो पोखरा महानगरका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र उच्च क्षमतायुक्त हाइमास्ट लाइट जडान गरिने भएको छ ।      महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पर्यटकीय सहर पोखरालाई उज्यालो सहरका रूपमा विकास गर्न बत्ती जडान गर्न लागिएको हो । ‘हाइमास्ट लाइट’ ले सहरको सौन्दर्य वृद्धि गर्नुका साथै रातीको समय यात्रा गर्ने सवारी चालक तथा पैदलयात्रीलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।      स्मार्ट सडक बत्ती र ‘हाइमास्ट लाइट’ जडान तथा विस्तार गर्न सहमति भएर काम अगाडि बढाइएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।       उनका अनुसार महानगरपालिकाले नगरभित्रको ८० किमि क्षेत्रभित्र सडक बत्ती जडान र पोखराका व्यस्त ३० वटा चोकमा ‘हाइमास्ट लाइट’ जडान गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो ।       महानगर र विद्युत् प्राधिकरणबीच ‘हाइमास्ट लाइट’ जडानका लागि सहमति भएपछि प्राधिकरणको तर्फबाट १२ करोड ७५ लाख ८९ हजार बजेट स्वीकृत भएर बोलपत्र आह्वानलगायतका काम अघि बढेको थियो । प्रवक्ता नेपालीले भने, ‘प्राधिकरणसँगको सहकार्यमा पोखरा बजार क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने कार्य अगाडि बढेको छ । सम्झौताअनुसार योजनाको लागतमा महानगरपालिका र प्राधिकरणको बराबर साझेदारी रहनेछ ।’      महानगरपालिकाले साझेदारी गर्ने रकममध्ये १ करोड ५० लाख प्राधिकरणको खातामा जम्मा गरिसकेको छ । दसैंलगत्तै निर्माण कम्पनीलाई काम थालनी गर्न विद्युत् प्राधिकरणले पत्राचार गरिसकेको छ ।      यसैगरी पोखरा महानगरभित्रको ढल व्यवस्थापन गर्न गुरुयोजना तयार पार्न पोखरा महानगरपालिका, खानेपानी मन्त्रालय, खानेपानी विभाग र जापान अन्तर्राष्ट्रिय समन्वय संस्था (जाइका) बीच सहमति भएको छ । सहमतिअनुसार दुई वर्षमा सो आयोजनाले पोखराको सम्पूर्ण ढल व्यवस्थापनको गुरुयोजना तयार पार्नेछ । उक्त कार्यका लागि जापानले निजी कम्पनी छनोट गरिसकेको र कात्तिक पहिलो साताबाट विज्ञको टोली पोखरामा खटिने महानगरले जनाएको छ । रासस

उज्यालो वीरगञ्ज योजना : सकिन लाग्यो ठेक्का अवधि, आधा पनि छैन प्रगति

जेठ २९, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको उज्यालो वीरगञ्ज योजनामा ढिलाई भएको छ । राष्ट्रिय योजना आयोग र महानगरको संयुक्त लगानीमा नगरक्षेत्रमा सडक बत्ती जडानको योजनाले गति लिन नसकेको हो ।  समपूरक योजनाअन्तर्गत १३ महीनामा ३२ ओटै वडामा बत्ती जडान गर्ने लक्ष्य राखिएको थियो । ठेक्का अवधि सकिन १ महीनामात्र बाँकी रहँदा योजनाको भौतिक प्रगति ४० प्रतिशत मात्र पुगेको महानगरको योजना महाशाखाले बताएको छ ।  मूल्य अभिवृद्धि करबाहेक २३ करोड ९६ लाख रुपैयाँमा नगरक्षेत्रमा १३ हजार ३९० ओटा बत्ती जडान गर्ने ठेक्का लगाइएको महानगरले बताएको छ । योजनामा महानगर र योजना आयोगको ५०/५० प्रतिशत बजेट रहेको महानगरका इन्जिनियर प्रकाश अधिकारीले जानकारी दिए ।  महानगरले सूर्योदय उर्जा र टप सन इनर्जी जेभीलाई ७ जुन २०२० मा ठेक्का दिएको थियो । १४ जुलाई २०२१ मा काम पूरा हुनु पर्नेमा ६० प्रतिशत काम बाँकी नै रहेको महानगरको योजना महाशाखाको तथ्यांकले देखाउँछ । नगरक्षेत्रमा तोकिएका सडकमा १००, ६० र ४० वाटका बत्ती जडान गर्नुपर्ने कार्यादेश महानगरको छ ।  निर्माण कम्पनीले भारतको नाशा लाइटबाट १० हजार ओटा बत्ती भित्र्याइसकेको छ । ती मध्ये ४ हजार ३०० बत्ती जडान भएको र बाँकी काम अघि बढ्न नसकेको इन्जिनियर अधिकारीले जानकारी दिए । ‘कोरोना महामारीका कारण योजनामा ढिलाई भएको हो । निर्माण कम्पनीले म्याद थपका लागि आग्रह गरेको छ,’ उनले आर्थिक अभियानसँग भने ।  सरकारले कोरोना महामारीका कारण ढिलाई भएका सबै योजनाको म्याद ६ महीना थप्ने निर्णय गरिसकेको छ । कोरोनाकै कारण कामदार आपूर्ति हुन नसक्दा अहिले बत्ती जडानको काम रोकिएको महानगरले बताएको छ । योजनामा पोल गाड्ने, तार विस्तार र बत्ती जडानलगायतका काम बाँकी छन् ।  अहिलेसम्म वीरगञ्जका वडा नं. १, २, ८, १३, १५, १६ र १७ मा बत्ती जडान भएको महानगरले बताएको छ । नगरक्षेत्रका ८ मीटरभन्दा फराकिलो सडकमा बत्ती जडान गरिने योजना छ । यसअघि नै सौर्यबत्ती जडान भइसकेका क्षेत्रमा यो योजना राखिएको छैन । गुणस्तरमा प्रश्न :  वीरगञ्जको वडा नम्बर १५ मा जडान गरिएका बत्ती गुणस्तरहीन भएको आरोप स्थानीयले लगाएका छन् । जडान गरिएका बत्ती केही दिनमै बल्न छोडेपछि गुणस्तरहीन काम भएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका थिए ।  बत्ती जडानमा प्रयोग भएको तामाको तारमा कार्बन जमेकाले समस्या भएको महानगरका इन्जिनियर अधिकारीले बताए । कार्बन जमेको तार हटाएपछि बत्ती पुनः बल्न शुरू भएको जानकारी पनि उनले दिए ।   महानगरमा जडान भइरहेका बत्ती उत्पादकले नै गुणस्तर परीक्षण गरेर पठाएको र ५० हजार घण्टा बल्नुपर्ने योजना महाशाखाले बताएको छ ।