महानगरभित्र छिट्टै ७ हजार ५ सय स्मार्ट सडक बत्ती : मेयर रेनु दाहाल

 भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगर क्षेत्रभित्र  छिट्टै ७ हजार ५ सय स्मार्ट सडक बत्ती जडान सम्पन्न हुने बताएकी छन् । चितवन उद्योग संघले मंगलबार आयोजना गरेको प्रमुख तथा उप–प्रमुखलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख दाहालले सो कुरा बताएकी हुन् ।प्रमुख दाहालले नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको सहकार्यमा २ सय ५० किलोमिटर सडकमा  ७ हजार ५ सय स्मार्ट सडक बत्ती जडान कार्य भइरहेको जानकारी दिइन् । महानगरको आगामी विकास निर्माणका विषयमा विषयगत क्षेत्रस