दुई हजार छयहत्तर स्मार्ट बत्ती जडान

ललितपुर महानगरपालिकाले महानगर उज्यालो अभियान अन्तर्गत स्मार्ट सडक बत्ती जडान गर्ने कार्य विस्तार गरेको छ । महानगरभरि नै रात्रिकालीन समयमा सहज रूपमा आवतजावत गर्न सकिने गरी महानगरपालिकाले सडक बत्ती विस्तार गर्ने कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको हो । बिहीबार महानगरपालिका वडा नं २५ स्थित भैँसेपाटीमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा सडक बत्तीको उद्घाटन गर्नुभयो । उक्त सडक बत्तीको संयुक्त रूपमा उद्घाटन गरेसँगै अब महानगरपालिकाभित्र स्मार्ट सडक बत्तीको सङ्ख्या दुई हजार ७९ वटा पुगेको महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित सामग्री

कामपाका सडकमा २ हजार स्मार्ट बत्ती जडान हुँदै

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका पुरानो पोलका सबै बत्ती हटाएर २ हजार ८५ वटा स्मार्ट बत्ती जडान शुरू गरेको छ । हाल कामपाभित्रका अधिकांश पोलका बत्ती बल्दैनन् । कामपा शहरी पूर्वाधार विकास विभागका निर्देशक रामबहादुर थापाले वडा कार्यालय, निजी साझेदारी कार्यक्रम र अन्य निजी क्षेत्रले जडान गरेका सबै बत्ती हटाएर नेपाल विद्युत् प्राधिकणको सहकार्यमा […]

उज्यालो पोखरा बनाउन दुई हजार स्मार्ट बत्ती जडान

पर्यटकीय नगर पोखराका मुख्य सडकलाई उज्यालो बनाउन दुई हजारभन्दा बढी बत्ती जडान गरिएको छ । महानगरका २३ मुख्य चोकमा एक÷एक हाइमस्ट लाइट जडान गरिएको हो । सभागृह चोकदेखि चिप्लेढुङ्गा, पुरानो एयरपोर्टदेखि छोरेपाटनको आरटिओ रोडमा स्मार्ट सडक बत्ती राखिएका छन् । महानगरको उज्यालो पोखरा अन्तर्गत नेपाल विद्युत् प्राधिकरण र महानगरको आधा आधा साझेदारीमा हाइमस्ट र स्मार्ट सडक बत्ती राखिएका हु

उज्यालो पोखरा घोषणा

उज्यालो पोखरा अभियानको पहिलो चरणअन्तर्गत पोखरा महानगरपालिकाले २३ मुख्य चोकमा हाइ मास्ट लाइट र ६० किलोमिटर सडकमा २ हजार ७ वटा स्मार्ट बत्ती जडान गरेको छ । उक्त बत्तीको आइतबार नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

‘स्मार्ट’ बत्तीले झलमल पोखरा - NepaliPatra

पोखरा । पोखराको मुख्य सहरी क्षेत्र ‘हाइमास्र्ट’ र ‘स्मार्ट’ सडकबत्तीले झलमल बनेको छ । ‘उज्यालो पोखरा’ अभियानअन्तर्गत् २० मुख्य चोकमा ‘हाइमास्र्ट’ र करिब ५० किमी सडकमा एक हजार छ सय २४ वटा ‘स्मार्ट बत्ती’ जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र पोखरा महानगरपालिकाको साझेदारीमा बत्ती जडानको काम भइरहेको हो । पृथ्वीचोक, विरौटाचोक, शहीदचोक, बागलुङ […]

भीमेश्वर नगरमा जोडिँदै स्मार्ट सडक बत्ती

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाको मुख्य सहरी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गरिने भएको छ । भीमेश्वर नगरपालिका तथा नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा नगरपालिकाको मुख्य सहरी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गरिन लागेको हो । भीमेश्वर नगरपालिकाको ६० प्रतिशत तथा विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीमा नगरपालिकाको मुख्य सहरी क्षेत्र चरीकोटका विभिन्न भागमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकय अधिकृत मानबहादुर खड्काले जानकारी दिए । अहिले ठेकेदारले पोल गाड्ने तथा तार तान्ने काम गरिरहेको उनले बताए । ठेक्का स्वीकृत रकमको ६० प्रतिशतस्वरूप भीमेश्वर नगरपालिकाको ५० लाख तथा विद्युत् प्राधिकरणको ४० प्रतिशत गरी ३३ लाख ३३ हजार रकम बेहोरेको भीमेश्वर नगरपालिकाले जनाएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र चरीकोट सिमपानी मानेडाँडा, चरिघ्याङ, बीचबजार, नयाँ बसपार्क, पुरानो बजार, ध्यावपानी, सातडोबटेलगायत क्षेत्रका सडकमा स्मार्ट बत्ती जडान गरिनेछ । करिब चार किलोमिटर सडकमा स्मार्ट सडक बत्ती जडान गर्न ४४ वटा पोल गाडिएको नगरपालिकाका इन्जिनियर सुरेश राउतले जानकारी दिए । पोलमा २०० वाटका बत्ती  जडान गरिनेछ । सातडोबाटे चोक तथा पशुपति मन्दिर आसपासका एक–एक  पोलमा भने ६ वटा बत्ती जडान गरिने उनको भनाइ छ । बजार क्षेत्रभरि जडान गरिएका बत्तीको नियन्त्रण प्रणाली भने नगरपालिका तथा विद्युत् प्राधिकरण दोलखा शाखामा जडान गरिनेछ । नियन्त्रण प्रणालीबाटै कुनै बत्ति बत्ती बाल्ने तथा निभाउने सम्पूर्ण कार्य हुने भीमेश्वर नगरपालिकाले बताएको छ । स्मार्ट बत्ती जडानपछि बजार क्षेत्रमा राती हिँडडुल गर्न सहज हुनुका साथै बजारमा हुन सक्ने चोरी तथा अन्य अपराधजन्य घटनामा कमी आउनेछ ।

‘स्मार्ट’ बत्तीले झलमल पोखरा

पोखराको मुख्य सहरी क्षेत्र ‘हाइमास्र्ट’ र ‘स्मार्ट’ सडकबत्तीले झलमल बनेको छ । ‘उज्यालो पोखरा’ अभियानअन्तर्गत् २० मुख्य चोकमा ‘हाइमास्र्ट’ र करिब ५० किमी सडकमा एक हजार छ सय २४ वटा ‘स्मार्ट बत्ती’ जडान गरिएको छ ।