इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले वार्ताका लागि आन्दोलनरत पक्षहरुलाई आह्वान गरेका छन्। हाल इराकमा देखिएको राजनीतिक गतिरोधको अन्त्यका लागि सबै पक्षलाई वार्तामा बोलाउँदै उनले राष्ट्रिय रुपमा सबै पक्ष वार्तामा बसेर नै अहिलेको राजनीतिक सङ्कटको समाधान गर्न सकिने बताएका हुन् ।उनको कार्यालयले सोमबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा आन्दोलनमा रहेका सबै पक्षलाई राष्ट्रिय वार्तामा आउन आग्रह गरिएको छ र वार्ताकै माध्यमबाट सबै समस्याको हल गर्न सकिन्न भनिएको छ ।मो