एसेज टेस्ट शृङ्खलाको चौथो खेलमा इंग्ल्याण्ड अस्ट्रेलियाविरुद्ध मात्र एक विकेटले हारबाट जोगिएको छ । अन्तिम दिन ९ विकेटको क्षतिमा २ सय ७० रन बनाउँदै इंग्ल्याण्ड शृङ्खलामा लगातार चौथो हारबाट जोगिएको हो । पाँच टेस्टको शृङ्खलामा अस्ट्रेलियाले पहिलो तीन टेस्टमा जीत हासिल गर्दै उपाधि जितिसकेको छ ।जीतका लागि ३ सय ८८ रनको लक्ष्य पाएको इंग्ल्याण्डले जोगिएर खेल्दै टेस्टलाई बराबरीसम्म डोर्याउन सफल भयो । टोलीलाई हारबाट जोगाउन ओपनर ज्याक क्रलीले सर्वाधिक ७७ रन बनाए भने बेन स्टोक्सले ६० रनको योगदान दिए । त्यस्