इंग्ल्याण्ड र डेनमार्क सेमिफाइनलमा

एजेन्सी । इंग्ल्याण्ड र डेनमार्क युरोकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाईनल खेलमा युक्रेनलाई ४–० ले हराउँदै इंग्ल्याण्ड सेमिफाईनलमा पुगेको हो । इटालीको रोममा भएको खेलमा इंग्ल्याण्डलाई विजयी गराउन ह्यारी केनले दुई गोल गर्दा ह्यारी म्याग्वेर र जोर्डन हेन्डर्सनले एक एक गोल गरे । जितसँगै इंग्ल्याण्डले डेनमार्क विरुद्धको सेमिफाईनल भिडन्त तय गरेको […]

सम्बन्धित सामग्री

इंग्ल्याण्डले ५५ वर्षको पर्खाइ अन्त्य गर्दै फाइनलमा पुग्यो

इंग्ल्याण्ड गएको ५५ वर्षमा पहिलो पटक कुनै प्रमुख प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेको छ । सन् १९६६ को विश्वकप फुटबलको फाइनलमा पश्चिमी जर्मनीलाई हराए यता इंग्ल्याण्ड कुनै पनि प्रमुख फुटबल प्रतियोगिताको फाइनलसम्मको यात्रा गर्न सकेको थिएन । गए राति अबेर सम्पन्न यूरो कप फुटबलको दोस्रो सेमीफाइनलमा डेनमार्कलाई हराएर इंग्ल्याण्ड फाइनलमा पुगेको हो । उपाधिका लागि इंग्ल्याण्डले प्रतियोगिताका दाबेदार इटालीको सामना गर्नेछ । डेनमार्क बिरुद्ध १–० ले पछाडि परेको इंग्ल्याण्डले पुनरागमन गोल गर्दै अतिरिक्त समयमा गरेको दोस्रो गोल मार्फत् जित हात पार्न सफल भयो ।

युरो कपको फाइनल पुग्न आज इंग्ल्याण्ड र डेनमार्क भिड्दै

युरो कप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा बुधबार राति इंग्ल्याण्ड र डेनमार्क भिड्दैछन्। नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुने खेलको विजेताले उपाधिका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि इटालीले मंगलबार राति स्पेनलाई टाइब्रेकरमा पराजित गरेको थियो। क्वाटरफाइनलमा डेनमार्कले चेक गणतन्त्र र इंग्ल्याण्डले युक्रेनलाई हराएका थिए। युरोकपमा डेनमार्क २९ वर्षपछि सेमिफाइनल पुगेको हो। यसअघि सन् १९९२ […]

इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा पुग्यो

इंग्ल्याण्ड युरोकप फुटबल २०२० को सेमिफाइनलमा पुगेको छ । इंग्ल्याण्डले अन्तिम १६ मा जर्मनीमाथि २–० को जित हात पारेर क्वार्टरफाइनलमा युक्रेन विरुद्धको भेट तय गरेको थियो । रोममा गए राति अबेर सम्पन्न खेलमा इंग्ल्याण्डले यूक्रेनमाथि सहज जित हात पार्दै सेमीफाइनलमा डेनमार्क बिरुद्धको भेट तय गरेको हो । समूह चरणमा लय पाउन संघर्षरत कप्तान हयारी केन उत्कृष्ट लयमा देखिनुभएको छ । जर्मनी बिरुद्धको खेलमा गोल गरेर उच्च आत्मबल पाउनुभएका केनले यूक्रेनको गोल पोष्टमा दुई गोल गर्नुभयो । चौथो मिनेटमा रहिम स्टर्लिङगको पासलाई उहाँले गोलमा परिणत गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाउनुभयो ।

युक्रेनमाथि ४–० को जितसहित इंग्ल्याण्ड युरोकप सेमिफाइनलमा

काठमाडाैं।युक्रेनमाथि ४–० को शानदार जित निकाल्दै इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ।इंग्ल्याण्डको जितमा ह्यारी केनले दुई तथा ह्यारी मगुएर र जोर्डन हेन्डर्सनले एक–एक गोल गरे।इंग्ल्याण्डले सन् १९६६ को विश्वकपछि पहिलोपटक प्रमुख प्रतिस्पर्धाको नकआउट चरणको एक खेलमा चार गोल गरेको हो।२५ वर्षपछि युरोकपको सेमिफाइनलमा पुगेको इंग्ल्याण्डले फाइनल प्रवेशका लागि डेनमार्कको सामना गर्नेछ।चेक गणतन्त्रमाथि २–१ को जित निकाल्दै डेनमार्क सेमिफाइनलमा पुगेको छ।

युरोकप क्वार्टरफाइनलमा चेक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्दै

१९ असार, काठमाडौं । युरोकप २०२० को क्वार्टरफाइनल चरणका दुई खेल शनिबार राति हुँदैछ । चेक रिपब्लिक र डेनमार्कबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे र युक्रेन र इंगल्याण्डबीचको खेल राति पौने १ बजे हुनेछ । यी दुई खेलपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लाग्नेछ । शुक्रबार रातिको खेलबाट इटली र स्पेन क्वार्टरफाइल पुगिसकेका छन् । […]

विश्वकप छनोटमा इंग्ल्याण्ड, इटली र डेनमार्क र अर्मेनियाको शतप्रतिशत जित

१९ चैत, काठमाडौं । फिफा विश्वकप छनोटमा इंग्ल्याण्ड, इटली र डेनमार्क र अर्मेनियाको शतप्रतिशत जित हात पारेका छन् । युरोपियन छनोटमा यी चार राष्ट्रले आफ्नो समूहमा लगातार तीन खेल जितेका हुन् । यस्तै साविक विजेता फ्रान्स र पूर्व विजेता स्पेनले पनि लगातार दुई खेल जित्दै अपराजित यात्रा भने कायम राखेको छ । पूर्व च्याम्पियन जर्मनी […]