यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७६.७८ अंक घटेर बन्द भएको छ । साताको ५ दिन कारोबार भएको नेप्सेमा यो साता मात्रै ३.७५ प्रतिशतको गिरावट आएको हो । यससँगै साताको पहिलो दिन २०४८ अंकमा रहेको नेप्से परिसूचक १९७१ अंकमा आइपुगेको छ ।कारोबार भएका ५ मध्ये ४ दिन नेप्से परिसूचक ओरालो लागेको थियो । सातामा बिहीबार बाहेक अन्य कुनै पनि दिन नेप्सेमा सुधार आएन । उक्त दिन भने नेप्सेमा १२ अंकको सुधार आएको थियो । सेयर बजार परिसूचक घटेसँगै यो साता कारोबार रकम पनि खुम्चिएको छ । यो सातामा ६ अर्ब २० करोड रुपैयाँ