मधेश आन्दोलनका क्रममा लागेका मुद्दामध्ये थप ३ मुद्दा नेपाल सरकारले फिर्ता लिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाउँदै आएका मुद्दा फिर्ताको मागमध्ये थप ३ मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता लिएको छ ।
जनमत पार्टीका संयोजक डा. चन्द्रकान्त (सीके) राउत विरुद्धका समेत राज्य विप्लवका ३ मुद्दा फिर्ता गरिएका छन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले मुद्दा फिर्ता लिइएको पुष्टि गरे । मन्त्री श्रेष्ठका अनुसार वैशाख १९ गते आइतवार बसेको मन्त्रिपरिषद् बैठकबाट मुद्दाहरू फिर्ता लिने निर्णय ग...