काठमाण्डाै - पश्चिम राप्ती, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढेसँगै बाढीको चेतावनी जारी भएको छ ।
तीन वटा नदीमा पानीको बहावले खतराको तह पार गरेको र थप पानी परिरहेकाले चेतावनी जारी गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
बाँँके, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट र आसपासका जिल्लाहरुमा ठूलो पानी परिरहेको र दिउँसो पनि पानी पर्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ ।
ताउ–ते चक्रवातको प्रभावका कारण सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही ठाउँ...