दार्चुलाको माल्पामा महाकाली नदी थुनियो, सतर्कता अपनाउन आग्रह
दार्चुलाको माल्पा भन्ने ठाउँमा पहिरो खस्दा महाकाली नदी थुनिएको छ । भारतले बाटो विस्तार गर्ने क्रममा मंगदबार अपराह्न पहिरो खस्दाल महाकाली नदी थुनिएको हो
दार्चुलाको माल्पामा ठूलो पहिरोका कारण महाकाली नदी थुनिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मंगलवार अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै सतर्कता अपनाउन सूचित गराएको छ ।
‘कुनै पनि बेला नदीमा जम्मा भएको पानी फुट्न सक्ने सम्भावना रहेको भन्ने जानकारी आएकोले महाकाली नदी नजिक भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ,’ सूचनामा उल्लेख छ ।