दार्चुला : महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ। यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ। धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको महाकाली नदी दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि फोहरले नदी दुर्गन्धित बन्दै गएको छ।अहिले प्रदूषणकै कारण नदीको पानी पिउन र स्नान गर्न नसकिने अवस्था रहेको स्थानीयवासी बताउँछन्। ‘सदरमुकाम खलङ्गाको किनारका बस्तीका सबै फोहर नदीमै जान्छ,’ स्थानीयवासी वीरसिंह धामीले भने,‘खलङ्गाको बङ्गाबगडबाट किम्तडी नज