विद्यालयलाई प्राविधिमैत्री बनाउन कम्प्युटर सहयोग

जाजरकोट : तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कम्प्युटर वितरण गरेको छ। विद्यालयलाई प्रविधिमैत्री बनाउन १३ वटा विद्यालयलाई कम्प्युटर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।तीनवटा माध्यमिक विद्यालय, तीनवटा आधारभुत विद्यालय र सातवटा प्राथमिक विद्यालयलाई कम्प्युटर वितरण गरिएको अध्यक्ष शाहीले बताए। त्यस्तै, कम्प्युटर सञ्चालनका लागि १२  विद्यालयलाई सैर्य ऊर्जा वितरण गरिएको छ। माध्यमिक स्तरका विद्यालयमा इन्टरनेट सेवा समेत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। पाठ्यक्रमम

सम्बन्धित सामग्री

धुम्रवराहमा ‘कुसो रोट्रयाक्ट क्लब’को सहयोग

काठमाडौं। काठमाडौं विश्वविद्यालयअन्तर्गतको ‘कुसोम रोट्रयाक्ट क्लब’ले धुम्रवराह माध्यमिक विद्यालयलाई विभिन्न सामग्री सहयोग गरेको छ । शुक्रवार सो विद्यालयमा आयोजित एक कार्यक्रमका बीच क्लबका संस्थापक सभापति स्नेहा चिमौरियाले मर्यादित महीनावारी दिवसको अवसरमा कक्षा ७ देखि १० सम्मका छात्रालाई लक्षित गरी विभिन्न सामग्री हस्तान्तरण गरेकी हुन् ।  सो अवसरमा पुन: प्रयोग गर्न मिल्ने प्याड १३० थान, २५ थान अन्डरवेयर, कलर पेन्सिल तथा कलर ९६ थान, कपी १०० थान, पुस्तकालयको लागि सन्दर्भ पुस्तक ७० ओटा, पेन्सिल ब्याग १०० ओटा, खेलकुद सामग्री (ब्याडमिन्टन, फुटबल र टेवल टेनिस) र ट्र्याकसुट लगायतका लुगा विद्यालयका प्रधानाध्यापक सुजाता राजलवटमार्फत हस्तान्तरण गरिएको हो । संस्थापक सभापति चिमौरियाले आगामी दिनमा पनि विद्यालयलाई सक्दो सहयोग गर्दै जाने बताइन् । उक्त कार्यक्रमलाई सफल बनाउन रोटरी क्लब अफ पाटन साउथ, प्रभु बैंक, इ नयाँ क्याफे र बुद्ध पब्लिकेशनलगायतको सहयोग रहेको बताइएको छ ।

धादिङका गाउँका विद्यालयलाई प्रविधिमैत्री बनाइने

धादिङ । धादिङको दुर्गम क्षेत्रमा पर्ने मण्डली सेकेण्डरी स्कुललाई दिलकुमारी केसी स्मृति प्रतिष्ठानले सहयोग गरेको छ । दुर्गम र आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्ने विद्यालयलाई प्रविधिमैत्री बनाउन कम्प्युटर, ल्यापटप, प्रिन्टर र प्रोजेक्टलगायतका शैक्षिक सामाग्री प्रदान गरिएको हो । दिलकुमारी केसी स्मृति प्रतिष्ठानकी अध्यक्ष उषा केसी कार्कीले सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीलाई १२ […]

विद्यालयलाई ३६ लाखको जग्गा र भवन सहयोग

आफ्ना स्वर्गीय आमाबाबुले गाउँको शिक्षा क्षेत्रमा दिएको योगदानलाई थप सम्झनयोग्य बनाउन टंक वनेम र उनका दाजुभाइले एक दशकदेखि योजना बनाइरहेका थिए । यसपालि ६ दाजुभाइ, दुई बहिनी र उनीहरूको सबै सन्तान पुर्ख्यौली थलोमा भेला भए ।

उत्कृष्ट विद्यालयलाई १० लाख

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसईई)मा उत्कृष्ट नतीजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरूप रू. १० लाख दिने घोषणा गरेको छ । नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रममार्फत तोकिएको मापदण्डका आधारमा एसईईमा उत्कृष्ट नतीजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरूप उक्त रकम दिन लागिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए । स्थानीय तहले शिक्षाको समग्र विकास गर्ने उद्देश्यले ल्याएको कार्यक्रममार्फत विद्यालयले विद्यार्थी संख्या बढाउन र विद्यार्थीलाई दक्ष बनाउन सहयोग पुग्ने विश्वास लिइएको उनको भनाइ छ । ‘नगरभित्र सञ्चालित सामुदायिक विद्यालयको सुधारका लागि ल्याएको शैक्षिक सुधार कार्यक्रमले आधारभूत र माध्यमिक विद्यालयका लागि फरक–फरक मापदण्ड बनाएको छ,’ उनले भने, ‘मापदण्डमा रहेको सूचकांकका आधारमा उत्कृष्ट विद्यालयलाई नगद पुरस्कार र शिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।’ शिक्षाको माध्यमबाटै स्वास्थ्य क्षेत्रको सुधार, शीप तथा क्षमता अभिवृद्धि र रोजगारी सृजना गर्न सकिने उनको भनाइ छ । रासस

कर्णालीका विभिन्न संस्थालाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले स्थापनाको १५ औं वार्षिकोत्सव अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताललगायत संस्थालाई ९ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । आउँदो वैशाख ७ गते १५ औं वार्षिकोत्सव मनाउन लागेको बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको हो । बैंकले जाजरकोटको हरिशिव प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालय, सीमकोटको बालमन्दिर माध्यमिक विद्यालय तथा मानसरोवर माध्यमिक विद्यालय, डोल्पाको बालमन्दिर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय तथा आदर्श माध्यमिक विद्यालय, मुगुको महाकाली मोडल हाइस्कुल तथा नेपाल राष्ट्रिय आधारभूत स्कुल बालमन्दिर प्रत्येकलाई ५० हजार उपलब्ध गराएको छ । यस्तै, जुम्लाको जनता माध्यमिक विद्यालय (प्राविधिक धार) लाई १ लाख र र हुम्लाको लालीगुराँस मावि, श्रीकोट मावि तथा हिमज्योति मावि प्रत्येकलाई ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरिएको बैंकले बताएको छ । विद्यालयलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन आर्थिक सहयोग उपलब्ध गराइएको बैंकको भनाइ छ । बैंकले हुम्लाको हिमालयन चिल्ड्रेन सोसाइटी, कैलाश मानसरोवर चिल्ड्रेन अफ हुम्ला तथा सुर्खेतको साझा घर प्रत्येकलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ– संस्थालाई सहयोग गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको पोखरास्थित चिप्लेढुंगा शाखाले पोखरा महानगर–१९ हेम्जामा रहेको  अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री सहयोगस्वरूप उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउन उक्त प्रयोगशालाका सामग्री  वितरण गरिएको  चिप्लेढुंगा शाखाका शाखा प्रबन्धक किरण घिमिरेले बताए । विज्ञान प्रयोगशालाका सामग्री विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौं, १३ माघ । महालक्ष्मी विकास बैंकले विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ । बैंकले काठमाडौंको बुद्धनगरस्थित बुद्घनगर आधारभूत विद्यालयलाई आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो मेसिन प्रदान गरेको हो । विद्यालयलाई भेन्डर मेसिन हस्तान्तरण गर्दै शखमुल शाखाका शाखा प्रबन्धक पुन्य श्रेष्ठले छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आउन सक्ने वातावरण बनाउन सो सहयोग […]

रिलायन्स फाइनान्सको सहयोग

रिलायन्स फाइनान्सले १२ औं वार्षिक उत्सवको अवसरमा पोखरा १४ मजेरीपाटन स्थित रामेश्वरी माविलाई विभिन्न सहयोग गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत पोखरा शाखाले विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको हो ।सामजिक, आर्थिक रूपले विपन्न गरिब तथा जेहेन्दार बालबालिकाहरुको पठन पाठनमा सहज बनाउन कम्पनीले विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री तथा फर्निचरलगायत विभिन्न सामग्री प्रदान गरेको […]

सिद्धार्थ बैंकको कम्प्युटर सहयोग

काठमाडौं (अस) । सिद्धार्थ बैंकले ललितपुर महानगरको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ६ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । बैंकका वरिष्ठ प्रबन्धक प्रदीप पन्तले आदर्श कन्या निकेतन विद्यालयका प्रधानाध्यापक आनन्द ढुंगानालाई कम्प्युटर हस्तान्तरण गरे । बालिकाको शिक्षामा केन्द्रित भई स्थापना भएको विद्यालयले दिँदै आएको शिक्षा प्रणालीलाई थप गुणस्तरीय र प्रविधिमैत्री बनाउन  उक्त कम्प्युटर सेट हस्तान्तरण गरिएको बैंकले बताएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हस्तान्तरण गरिएका कम्प्युटरबाट विद्यालयका करिब ३०० विद्यार्थीलाई गुणस्तरीय शिक्षाको अवसर पु¥याउने विश्वास बैंकले लिएको छ ।

सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण

किमाथाङ्का– सङ्खुवासभा र भोजपुरका सामुदायिक विद्यालयहरूलाई राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाले कम्प्युटर हस्तान्तरण गरेको छ । वाणिज्य बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २० थान कम्प्युटर हस्तान्तरण गरेको हो । कम्प्युटर वितरण गर्दै जिल्ला समन्वय प्रमुख सुमन शाक्यले कम्प्युटर प्राप्त गरेपछि विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताउनुभयो । यस कार्यक्रमले साधन र स्रोत कम भएका विद्यालयलाई […]