सिद्धार्थ बैंकको कम्प्युटर सहयोग

काठमाडौं (अस) । सिद्धार्थ बैंकले ललितपुर महानगरको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ६ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । बैंकका वरिष्ठ प्रबन्धक प्रदीप पन्तले आदर्श कन्या निकेतन विद्यालयका प्रधानाध्यापक आनन्द ढुंगानालाई कम्प्युटर हस्तान्तरण गरे । बालिकाको शिक्षामा केन्द्रित भई स्थापना भएको विद्यालयले दिँदै आएको शिक्षा प्रणालीलाई थप गुणस्तरीय र प्रविधिमैत्री बनाउन  उक्त कम्प्युटर सेट हस्तान्तरण गरिएको बैंकले बताएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हस्तान्तरण गरिएका कम्प्युटरबाट विद्यालयका करिब ३०० विद्यार्थीलाई गुणस्तरीय शिक्षाको अवसर पु¥याउने विश्वास बैंकले लिएको छ ।  

सम्बन्धित सामग्री

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सिद्धार्थ बैंकको १ करोड सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । बालबालिकाका लागि उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको हेपाली हाइटस्थित चाइल्ड हेल्थको बाल अस्पताललाई …

नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंक लिमिटेडले नेपाल आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले आँखा शल्यक्रियाको लागि पाँच लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । सो रकम बैंकका तर्फबाट त्रिपुरेश्वर सर्कल अफिस प्रमुख अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरे । बैंकबाट प्राप्त उक्त सहयोग रकम नेपाल आँखा अस्पतालले काभे्र, धादिङ, […]

कालीमन्दिर व्यवस्थापन समितिलाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंक लिमिटेडले काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई ५१ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।...

मारवाडी सेवा समितिलाई सिद्धार्थ बैंकको १५ लाख सहयोग

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले मारवाडी सेवा समिति नेपाललाई डायलाइसिस मेसिन खरिद गर्नका लागि रु १५ लाख आर्थिक सहयोग प्रदान गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले मारवाडी सेवा समितिका महासचिव प्रमोद अग्रवाललाई हस्तान्तरण गरेका हुन्। बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समितिले डायलाइसिस मेसिन खरिद गरी मिर्गौला रोगीहरुलाई निःशुल्क […]

जोन्ता क्लब काठमाडौंलाई सिद्धार्थ बैंकको सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले जोन्ता क्लब काठमाडौं नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत ४ लाख ९७ हजार २०० रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।सो रकम बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालाई हस्तान्तरण गरे ।बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिला विरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुको विकास गर्न प्रयोग गर्ने बताइएको छ ।

प्रदेश १ सरकारलाई सिद्धार्थ बैंकको १० लाख

विराटनगर (अस) । सिद्धार्थ बैंकको प्रदेश कार्यालयले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश १ सरकारलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । प्रदेश सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सिद्धार्थ बैंक प्रदेश कार्यालयका प्रमुख कमल बस्नेतले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । विपत्ति परेका बेला बैंकले विभिन्न समयमा सरकारलाई नगद सहयोग प्रदान गर्दै आएको बस्नेतले बताए । कोरोना महामारी नियन्त्रणका लागि गत वर्ष पनि बैंकले प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । कार्यक्रममा सिद्धार्थ बैंक विराटनगर शाखाका प्रबन्धक सूर्यप्रसाद शर्मा, आन्तरिक मामिला तथा कानुन सचिव राजेन्द्रकुमार पौडेल उपस्थित थिए ।

सिद्धार्थ बैंकद्धारा कोरोना कोषमा १० लाख सहयोग

सिद्धार्थ बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेश कोरोना कोषमा १० लाख रकम सहयोग गरेको छ । बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा १० लाख रकम सहयोग गरेको हो ।सिद्धार्थ बैंकका धनगढी शाखा प्रबन्धक नितेश श्रेष्ठले १० लाखको चेक प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशवहादुर शाहलाई हस्तान्तरण गरे । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सो […]

कोरोना महामारी नियन्त्रणका लागि सिद्धार्थ बैंकको १० लाख सहयोग

काठामडौँ / कोरोना भाइरसको रोकथाम तथा उपचार व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले  स्थापना गरेको कोराना कोषमा सिद्धार्थ बैंक लिमिटेड धनगढी शाखाले बुधवार रु १० लाख

कोरोना रोकथामका लागि सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंक लिमिटेडले कोरोना संक्रमण रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई १० लाख रुपैयाँ नगद आर्थिक