नेपाल सुपर लिगमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दै

काठमाण्डाै - नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दै छन् । खेल बेलुका साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ । हिजोको खेलमा बुटवल लुम्बिनी र विराटनगर सिटीले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडे भने  धनगढी फुटबल क्लबले एफसी चितवनलाई ३-० गाेल अन्तरले पराजित गरेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता आउँदो जेठ १ गतेसम्म हुनेछ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ र उपविजेताले १५ लाख रुपैयाँ हात पाउने छन् ।

सम्बन्धित सामग्री

पोखरा थन्डर्सलाई हराउँदै १० खेलाडीमा सीमित ललितपुर सिटी पुग्यो फाइलनमा

फ्रेन्चाइज ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको फाइलनमा प्रवेश गरेको  छ ।   बिहीबार दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायर्समा पोखरा थन्डर्सलाई २–१ ले गोलले हराउँदै ललितपुर सिटीले पहिलो...

नेपाल सुपर लिग प्लेअफ चरणमा प्रवेश, यस्तो छ फाइनल पुग्ने समीकरण

देशका विभिन्न शहरहरूलाई प्रतिनिधित्व गर्ने नौ फ्रेन्चाइजी टोलीबीचको प्रतिस्पर्धाबाट पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्लेअफमा पुगेका छन् ।

धनगढी र ललितपुरको गोलरहित प्रतिस्पर्धा (तस्वीरहरु)

१६ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ । शनिबार अपरान्ह भएको खेलमा दुबै पक्षले गोल गर्न सकेनन् । दुबै टिमले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच ललितपुर सिटी एफसीका गोलकिपर जेफ्री विलि मार्सेल बनेका छन् […]

नेपाल सुपर लिग :   फाइनल प्रवेश गर्न आज ललितपुर र काठमाडौं भिड्दै

नेपाल सुपर लिग (एनएसएल)को फाईनल प्रवेशका लागि आज (बिहीवार) ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् । पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो । बुधबार बुटवल लुम्बिनीलाई पराजित गर्दै फाईनल नजिक पुगेको ललितपुरले २४ घण्टा नबित्दै काठमाडौंविरुद्ध उत्रन लागेको हो । पहिलो प्लेअफमा काठमाडौं रेजर्स सुदुरपश्चिमको टिम धनगढीसंग पराजित भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ साढे ५ बजे शुरू हुनेछ । लिग चरणको ख...

नेपाल सुपर लिग फुटबलमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाण्डाै – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज एफसी चितवन र काठमाण्डौ रेजर्स खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछन् । काठमाण्डौ यसअघि नै प्रतियोगिताको प्ले अफमा पुगिसकेको छ भने चितवन बाहिरिसकेको छ । पुछारमा रहेको चितवन आज सान्त्वना जितको खोजीमा छ । आज विजयी भएमा काठमाण्डौ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्ने सम्भावना छ । हिजो शीर्ष स्थानको धनगढीलाई हराएर बुटबल लुम्बिनी एफसी अन्तिम चारमा पुगिसकेको छ । यस्तै धनगढी र ललितपुर सिटी एफसी पनि प्ले अफमा पुगिसकेका छन् । प्ले अफका खेल पर्...

नेपाल सुपर लिग : ललितपुर र बुटवल प्ले अफमा

ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् । ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल  तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष चारमा स्थान बनाएका हुन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा ललितपुरका लागि कप्तान अञ्जन विष्टले दुई तथा विमल राना र नुर्लान जाहिदले एक एक गोल गरे । दुवै टोलीले खेलको आरम्भदेखि नै निकै आक्रामक खेल प्रदर्शन गरेका थिए । खेलको छैटौँ मिनेटमा विराटनगरका लागि विदेशी ए

नेपाल सुपर लिग : ललितपुर र पोखराबीचको खेल गोलरहित बराबरी

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज भएको खेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । खेल बराबरीमा सकिएपछि दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीबाट गोल हुन सकेन । मध्यान्तर अघिको खेलमा पोखराले आक्रामक खेल खेलेको थियो । मध्यान्तरपछिको खेलमा ललितपुर पोखरामाथि हावी भएको थियो । दुवै टोली गोल गर्नबाट भने चुके । खेलको आठौँ मिनेटमा पोखराका कप्तान नवयुग श्रेष्ठले गोल गर्ने प्रयास गरेका थिए । उनको प्रहार गोलपोस्ट नजिक

नेपाल सुपर लिग : ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटी एफसी र पोखरा थण्डर्स बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुर सिटी र पोखरा थण्डर्स गोलरहित बराबरीमा रोकिएका हुन्। जारी सिजनमा ४ खेल खेलेको ललितपुरको यो लगातार तेस्रो बराबरी हो। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्ससँग पराजय…

नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ आजदेखि हुँदै

काठमाण्डाै – नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ आजदेखि हुँदैछ । आज उद्घाटन खेलमा बेलुका साढे ५ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा काठमाण्डौ रेजर्स र ललितपुर सिटी एफसी खेल्दै छन् । कोरोना महामारीको कारण खेल हेर्न दर्शकलाई रंगशाला प्रवेशको अनुमति छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता जेठ १ सम्म चल्ने छ ।  प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउ...

फुटबलको माहोल बन्दै : नेपाल सुपर लिग भोलिदेखि, सुरु हुँदैछ कडा प्रतिस्पर्धा

वैशाख १०, काठमाण्डौ । नेपाल सुपर लिगको पहिलो संस्करण शनिबारबाट काठमाडौंमा सुरु हुने भएको छ । सात टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा शनिबार काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी विच प्रतिस्पर्धा हुनेछ । त्यसअघि शुक्रबार काठमाडौंमा आयोजना गरिएको प्रि टुर्नामेन्ट पत्रकार सम्मेलनमा सबै टिमको प्रशिक्षक र कप्तानले आफ्नो तयारी राम्रो रहेको बताएका छन । […]