ताइवानमा तनाव बढ्न थालेपछि जापान चिन्तित

ताइवानका विषयमा चीन र अमेरिकाबीच तनाव बढ्दै गएपछि जापानले चिन्ता व्यक्त गरेको छ ।  यसले पूर्वी एसियामा शान्ति र स्थिरता खलबल्याउने जापानको भनाइ छ । जापानले रक्षा सम्बन्धी श्वेतपत्र जारी गर्दै यो कुरा बताएको हो ।  यस स्थितिलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्ने जापानको कथन छ । विशेषगरी प्रविधिको क्षेत्रमा चीन र अमेरिकाको द्वन्द्व बढ्ने देखिन्छ ।  ताइवान नजिक चीनले सैन्य गतिविधि लगातार बढाइरहँदा जापान चिन्तित बनेको हो । ताइवान जापानको ओकिनावाबाट निकै नजिकै छ ।   

सम्बन्धित सामग्री

फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथद्वारा पदबाट राजीनामा

अध्यागमन मुद्दामा राजनीतिक तनाव बढ्न थालेपछि उनले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।...

सर्लाहीको मलंगवामा कर्फ्यू

२३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । कृष्णाष्टमीको मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए । शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका […]

बञ्चरेडाँडामा  तनाव, प्रहरीले गर्‍यो हवाईफायर

३१ साउन, काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो । त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढु‌ंगामुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी […]

प्रकाशमान कड्किएपछि पौडेल पक्षको बैठकमा तनाव

पछिल्लो दुई दिनयता रामचन्द्र पौडेल पक्ष सभापतिको उम्मेदवार तय गर्न घनीभूत छलफलमा जुटेपनि सहमति हुन सकेको छैन । बरु पौडेल पक्षमा फुट आउने हो कि भन्ने संशय बढ्न थालेको छ । विशेषगरी प्रकाशमान सिंहले कुनै पनि हालतमा आफूले सभापतिको दावेदारी नछाड्ने बरु सहमति नभए एक्लै चुनावमा जाने अड्डी लिएपछि पौडेल पक्षमा संकट देखिएको हो । यस्तै डा शेखर कोइरालाले पनि दावेदारी नछाड्ने स्पष्ट गरेका छन् ।  सहमतिका लागि बुधबार विभिन्न चरणमा भएको छलफलमा प्रकाशमानले आफू सभापतिमा लडिछाड्ने स्पष्ट जवाफ नेताहरुलाई दिएका छन् । आफ्नै निवासमा...

अति महत्त्वाकाङ्क्षाले बढ्न सक्छ मानसिक समस्या

काठमाडौँ– साढे एक वर्षको तनावग्रस्त जिन्दगी र अशान्तिका बीच गत वर्ष अमेरिकामा जागिर छाड्नेको रेकर्ड नै बनेको थियो । रोजगारमध्ये ४० प्रतिशतभन्दा बेरोजगार भएका थिए । गत वर्षभन्दा अहिले धेरैको मानसिक अवस्था फेरिएको छ । ‘गएको एक र अर्को आधा वर्ष संसारभर नै तनाव, निराशा र मानसिक जलनले धेरैलाई आहत बनाएको छ,’ नर्थ क्यारोलिनाकी विवाह […]

जापानी प्रधानमन्त्री सुगालाई कसले विस्थापित गर्ला ?

दक्षिणपन्थी ताकाइची जापानी राष्ट्रवादीमाझ लोकप्रिय हुदै गएकी छिन् । उनी निर्वाचित भइन् भने चीनसँग तनाव बढ्न सक्छ ।  सेप्टेम्बर ३ मा जापानका प्रधानमन्त्री योसिहिदे सुगाले लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)को अध्यक्ष पदमा...

युरोपेली सांसदहरुको चेतावनी– भारत र पाकिस्तानबीच तनाव बढ्न सक्छ

पाकिस्तानी अखबार एक्सप्रेसका अनुसार युरोपेली संसदका १६ सदस्यले भारत प्रशासित कश्मीरमा मानव अधिकारको कथित हनन माथि गम्भीर चिन्ता प्रकट गरेका छन् । १६ सांसदले युरोपेली कमिसनका अध्यक्ष र उपाध्यक्षलाई एउटा पत्र लेख्दै भारत प्रशासित काश्मिरतर्फ ध्यानाकृष्ट गराउने प्रयास गरेका छन् ।सांसदहरूका अनुसार, ह्युमन राइट्स वाचको अन्तर्राष्ट्रिय प्रतिवेदन २०२१ र संयुक्त राष्ट्र मानवअधिकार उच्चायोगले २०१८÷१९ को आफ्नो प्रतिवेदनमा भारत प्रशासित कश्मीरमा मानव अधिकारको कथित हननलाई सामेल गरेको थियो ।भारतको केन

अमेरिका र बेलायतद्वारा चीनमाथि साइबर आक्रमणको आरोप : तनाव बढ्न सक्ने सङ्केत

काठमाण्डाै - अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन् । उनीहरुले चिनियाँ ह्याकरले माइक्रोसफ्टको सर्भर ह्याक गरेको दाबी गरेका छन् । साइबर आक्रमण माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको र आक्रमणपछि कम्तीमा ३० हजार सर्भरहरु प्रभावित भएका अमेरिका र बेलायतको भनाइ छ ।  बेलायती विदेशमन्त्री डोमिनक राबले चीनले यसअघि पनि यस्ता कामहरु गर्दै आएको र अहिले गम्भीर साइबर आक्रमण गराएको बताउनुभएको छ ।  बेलायती विदेश मन्त्रालय तथा युरोपियन युनियनले पनि साइबर आक्रमण चिनियाँ क्षेत्रबाटै ...

भारतले कान्दाहारबाट आफ्ना कर्मचारीलाई फिर्ता बोलायो

अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो कूटनीतिक नियोगबाट भारतले आफ्ना कर्मचारीलाई फिर्ता लगेको बताएको छ । अफगानी सेना र तालिबानीहरुबीच कन्दाहार प्रान्तमा केही दिनयता तनाब बढेको छ । सो क्षेत्रमा तनाव बढ्न थालेपछि भारतले आफ्ना कर्मचारीलाई कान्दाहारमा रहेको नियोगबाट फिर्ता गरेको बताएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आइतबार यस विषयमा जानकारी दिए । अफगानिस्तानको दक्षिणी कन्दाहार शहरमा तालिबानी लडाकूले कब्जा गर्न थालेको भन्ने समाचार आएपछि भारतले सो शहरमा रहेको आफ्नो नियोगबा

भारतले कान्दाहारको कन्सुलेट कार्यालयबाट आफ्ना कर्मचारीलाई फिर्ता गर्यो

नयाँ दिल्ली । अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो कूटनीतिन नियोगबाट भारतले आफ्ना कर्मचारीलाई फिर्ता लगेको बताएको छ । अफगानी सेना र तालिबानीहरुबीच कान्दाहार प्रान्तमा केही दिनयता देखि तनाब बढेको छ । सो क्षेत्रमा तनाव बढ्न थालेपछि भारतले आफ्ना कर्मचारीलाई कान्दाहारमा रहेको नियोगबाट फिर्ता गरेको बताएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आइतबार यस विषयमा […]