कुनै समय थियो, हरेक चाडपर्व र उत्सवमा पन्चेबाजा बज्थ्यो, हुड्के नाच नाचिन्थ्यो।पछिल्ला केही वर्षयता न पन्चेबाजा बज्छ न हुड्के नाच नाचिन्छ। आधुनिकतासँगै मनोरञ्जनका लागि अन्य साधनको प्रयोग बढ्दा ती मौलिकता खुम्चिँदै गएका छन्। विशेषगरी कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा नाचिने हुड्के र घन्किने पन्चे बाजा अहिले विरलै देख्न–सुन्न पाइन्छ।