अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच भर्चुअल बैठक समाप्त भएको छ । राष्ट्रपति बाइडेनले शी जिनपिङसँग ताइवानको स्थितिमा कुनै प्रकारको एकतर्फी परिवर्तनको अमेरिकाले निकै कडा रुपमा विरोध गर्ने बताए ।दुई नेताबीच शिजियांग र हङ्गकङको विषयमा पनि कुराकानी भयो । समाचार एजेन्सी रोयटर्सका अनुसार शी जिनपिङले राष्ट्रपति बाइडेनलाई ताइवानमा स्वतन्त्रताको समर्थन गर्नु आगोसँग खेल्नु सरह भएको र जसले आगोसँग खेल्छ ऊ जल्ने भन्दै चेतावनी दिए ।बैठकपछि ह्वाइट हाउसले प्रेस वक्तव्य जारी