अमेरिकी राष्ट्रपति जो बाइडेनका आर्थिक सल्लाहकारले भारतलाई युक्रेनमाथि आक्रमण गर्ने रुससँग नजिकको साझेदारी सम्बन्ध नराख्न अमेरिकाले चेतावनी दिएको बताएका छन्। ‘रुससँग थप स्पष्ट रणनीतिक पङ्तिबद्धतामा सर्दा यसको मूल्य र परिणाम महत्वपूर्ण र दीर्घकालीन रहने कुरा हामीले भारतीय सरकारलाई सन्देश दिएका छौँ’, ह्वाइट हाउसको राष्ट्रिय आर्थिक परिषदका निर्देशक ब्रायन डिसले भने, ‘भारत र चीन दुवै पक्षबाट […]