बीबीसी। गाजाक्षेत्रस्थित बहुतल्ले भवनमा हमलापछि अमेरिकाले पत्रकारको सुरक्षा सुनिश्चित गर्न इजरायललाई चेतावनी दिएको छ। ह्वाइटहाउस प्रवक्ता जेन साकीले ट्विटमा भने, ‘‘हामीले इजरायललाई भनेका छौं, सबै पत्रकार र स्वतन्त्र मिडियाको सुरक्षा सुनिश्चित गर्नु उसको अहम् जिम्मेवारी हो।’’ शनिबार इजरायलले हमला गरेको बहुतल्ले भवनमा थुप्रै विदेशी न्युज च्यानल र मिडिया कार्यालय थिए। हमलामा के–कति नोक्सान भयो भन्नेबारे अझै जानकारी आएको छैन।