विराटनगरको नाङ्लो रेस्टुरेन्टमा आगलागी भएको छ । महानगरको वडा नम्बर–२ मा रहेकाे ईश्वर बाँस्कोटाले सञ्चालन गरेको रेस्टुरेन्टमा आज दिउँसो १२ बजे आगलागी भएको हो ।आगलागीमा रेस्टुरेन्ट पूर्ण रुपमा क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिए । विराटनगर महानगरपालिकाको २ वटा दमकलले आगलागी भएको दुई घण्टापछि आगो नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । आगलागीको क्षतिबारे विवरण आउन बाँकी रहेको छ । होटलको ग्यास सिलिन्डरको पाइप लिकेज भएर आगलागी भएको प्रहरीले जनाएको छ ।