विराटनगरको गुमेको शाख फर्काउने प्रतिबद्धता

मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको समृद्धिका लागि अर्थव्यापार संवादमा सहभागि मेयरका प्रत्यासीहरूले विराटनगरको गुमेको शाख फर्काउने प्रतिबद्धता जनाएका हुन्।...

सम्बन्धित सामग्री

विराटनगरको व्यापार प्रवर्द्धनमा महानगरको चासो

विराटनगर। विराटनगरको व्यापार प्रवर्द्धनका लागि सहकार्य गरेर अगाडि बढ्न सरोकारवाला निकायहरू सहमत भएका छन् । विराटनगर महानगरपालिकाले मंगलवार आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिले भन्सारमा कडाइ नगरेसम्म स्थानीय व्यापार नफस्टाउने निचोड निकालेका थिए । विराटनगर बजार चलायमान बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको छलफलबाट साउन १ गतेदेखि भन्सार नतिरी भित्रिने खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तुको आयात निरुत्साहित गरिने निर्णय गरिएको छ । यसअघि १०० रुपैयाँसम्मको सामान आयात गर्दा भन्सार छूट दिने गरिएको थियो । तर, यो व्यवस्थाको दुरुपयोग गरी एकै व्यक्तिले हरेक दिन पटक पटक सामान आयात गर्दा राज्यको राजस्व गुम्नुका साथै स्थानीय व्यापार समेत प्रभावित भएको निष्कर्ष बैठकले निकालेको छ । अबदेखि जुनसुकै सामान जोगबनी तथा आसपासका नाकाबाट आयात गर्दा अनिवार्य रूपमा भन्सार तिर्नुपर्नेछ । त्यसैगरी स्थानीय व्यापारीले पनि अवैध रूपमा आयात भएका सामान खरीद र विक्री गर्न नदिन कडाइका साथ बजार अनुगमन गर्ने निर्णय गरिएको मेयर कोइरालाले बताए । अवैध सामान खरीदविक्री नगर्न आग्रह गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघले सार्वजनिक रूपमा संयुक्त अपिल गर्ने निर्णय भएको विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए । व्यापारीहरूको गुनासो सम्बोधनका लागि महानगरले सरोकारवालाहरूसँग बैठक राखेर स्थानीय बजारको प्रवर्द्धनका लागि महत्त्वपूर्ण निर्णय गरेको मेयर कोइरालाले बताए । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सबै मिलेर भन्सारमा कडाइ गर्नुपर्नेमा जोड दिए । स्थानीय सरकारको निर्णय कार्यान्वयन गराउन प्रशासनका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले स्वदेशी बजारमै सामान खरीद गर्न नेपाली उपभोक्ताको सोचमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे । त्यस्तै सशस्त्र प्रहरीका एसपी तीर्थबहादुर थापाले जोगबनी र विराटनगरको सामानको मूल्यमा धेरै अन्तर गर्न नहुने सुझाए ।

विराटनगरको खानेपानी योजनाबारे महानगर र जाइकाको टोलीबीच छलफल

मोरङ – विराटनगरको खानेपानी सुधारका लागि महानगरपालिका र जाइका नेपालको टोलीबीच छलफल भएको छ। खानेपानी सुधारका लागि गतवर्ष फागुनमा महानगरपालिका र जाइकाबीच सम्झौता भएपछि शुक्रबारको छलफलमा महानगरका मेयर नागेश कोइरालाले आयोजनालाई सुरु गर्न आग्रह गरेका छन्। जाइका नेपालका प्रमुख ओकुबो अकिमित्सुसँगको छलफलका क्रममा मेयर कोइरालाले आफूले चुनावी घोषणापत्रमै महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको […]

विराटनगरको विकासका लागि समन्वय गर्छु : अमेरिकी राजदूत

विराटनगर । नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्सनले विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्ने बताएका छन् । बिहीवार विराटनगर महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँगको शिष्टाचार भेटमा राजदूत थम्सनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहयोगका लागि अमेरिकी सरकारसँग आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका हुन् । शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म विकास सम्भव नभएको राजदूत थम्सनले बताए । उनले विराटनगर महानगरको न्यायिक समितिले गरेका कामकारबाहीप्रति पनि चासो राखेका थिए । साथै खुला सिमानाका कारण महानगरवासीले भोग्नुपरेका समस्या र मानव बेखबिखनका बारेमा पनि जानकारी लिएको मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । उनका अनुसार थम्सनले विराटनगरको विकासका लागि दूतावासका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भेटमा मेयर कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाए । केशलिया र सिंघिया खोलाका कारण विराटनगरमा डुबानको समस्या रहेको जानकारी उनले गराए । विराटनगर प्रदेशको स्वास्थ्य र शिक्षाको केन्द्र रहेको उनले सुनाए । साथै प्रदेश–१ मा पर्यटनको प्रचुर सम्भावना रहेको समेत उनले बताए । दूतावाससँगको सम्बन्ध प्रभावकारी बनाउन महानगरका तर्फबाट सम्पर्क अधिकृत रत्नाकर झालाई तोकेको जानकारी गराउँदै उनले दूतावासका तर्फबाट पनि सम्पर्क अधिकारी तोकिदिन आग्रह गरे । उपमेयर कार्कीले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा जानकारी गराएकी थिइन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले विराटनगर महानगरको विकासका लागि चुनौती र अवसरको विषयमा अवगत गराएका थिए ।

महानगरको सफाइमा सरकारी निकायकाे साथ रहने

मोरङ – मोरङका प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालयका प्रमुखहरूले विराटनगरको सरसफाइलाई लिएर चासो व्यक्त गरेका छन्। बिहीबार विराटनगर महानगरपालिकामा आयोजित बैठकमा प्रदेश १ राजधानी विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन सामूहिक रुपमा प्रतिबद्धता व्यक्त गरेका हुन्। बैठकमा महानगर मेयर नागेश कोइरालाले विराटनगर यथास्थितिमा राख्न नमिल्ने र सफाइसहित व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका थिए। मेयर कोइरालाले महानगरका […]

विराटनगरको बृहत्तर विकासका लागि संगठनको सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरको स्वागत गर्दै उद्योग संगठन मोरङले बृहत्तर विकासलाई ध्यानमा राखेर तत्कालीन र मध्यकालीन रूपमा गर्नुपर्ने कामबारे सुझाव दिएको छ । नवनिर्वाचित मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरौला कार्कीलाई संगठनको सचिवालयमा स्वागत तथा बधाई ज्ञापन गर्दै संगठनका अध्यक्ष सुयश प्याकुरेलले तत्कालीन कार्ययोजना अन्तर्गत विभिन्न कार्य अघि बढाउन सुझाएका हुन् । संगठनले जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सडक, खानेपानी, फोहोर व्यवस्थापन, बाढी नियन्त्रण, स्वास्थ्य तथा शिक्षा जस्ता क्षेत्रमा सर्वसाधारणलाई अनुभूति हुनेगरी सुधारका काम गर्न सुझाव दिए । अध्यक्ष प्याकुरेलले अवैज्ञानिक तवरले सडक, नाला लगायत पूर्वाधार निर्माण भएकाले सानोतिनो वर्षामा समेत विराटनगर डुबानमा पर्दै आएको बताए । महानगरपालिकाको पूर्वाधार विकास गर्दा विज्ञहरूको सुझाव लिई दीर्घकालीन सोचका साथ काम गर्न उनले अनुरोध गरे । महानगरको मध्यकालीन योजना अन्तर्गत विराटनगरमा स्थायी किसिमको औद्योगिक प्रदर्शनीस्थलको आवश्यकता रहेकाले संघ र प्रदेश सरकारको सहयोग लिएर निर्माणको अगुवाइ लिन अध्यक्ष प्याकुरेलले आग्रह गरे । रुग्ण अवस्थामा रहेका घरेलु तथा साना उद्योगहरू पुन: सञ्चालनमा ल्याए रोजगारीका अवसर सृजना भई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उनले बताए । एकीकृत कर प्रणालीको व्यवस्था, महिला उद्यमीद्वारा उत्पादित वस्तुको विक्रीवितरणका कक्ष निर्माण, स्टार्टअपहरूको प्रवर्द्धनका माध्यमबाट युवाको उद्यमशीलता विकासमा सघाउने कार्यक्रम ल्याउन समेत उनले अनुरोध गरे । नवनिर्वाचित मेयर कोइरालाले औद्योगिक नगरका रूपमा परिचित विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माण आफ्नो प्राथमिकतामा पर्ने भएकाले आफ्नो कार्यकालमा जसरी पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । विराटनगरमा रुग्ण अवस्थामा रहेका कुटिर तथा घरेलु उद्योग नयाँ योजनासहित सञ्चालनमा ल्याउन आफू लागिपर्ने उनले उद्घोष गरे । साथै करका दर घटाउँदै दायरा फराकिलो पार्ने कार्ययोजना रहेको उनले बताए ।

दलीय स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता

विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरूले व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर विराटनगरको विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन्।...

विराटनगरले गौरवशाली इतिहास पुन:स्थापित गर्नेछ : ओली

विराटनगर– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले विराटनगरको गौरवशाली इतिहासलाई पुनः स्थापित गर्ने बताएका छन् । एमालेको महानगरस्तरीय चुनावी भेलालाई आज सम्बोधन गर्दै उनले विराटनगरलाई औद्योगिक नगरीका रूपमा विकास गरी सुविधा सम्पत्र र हराभरा सहर बनाउने प्रतिबद्धता व्यक्त गरे । राजनीतिक रूपमा पनि विशेष महत्व बोकेको यो स्थानमा पहिलोपटक रेडियो नेपाल स्थापना भएको स्मरण गर्दै उनले […]

कर घटाएर दायरा बढाउने प्रतिबद्धता

विराटनगर । नेपाली काँग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफल गरेको छ । काँग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासका विषयमा केन्द्रित भई छलफल गरिएको बताए । उनले करको दर घटाइ दायरा फराकिलो बनाउने विषयमा सुझाव मागेका थिए । करको दायरा बढाउने र कर घटाउने […]

मेयरका उमेदवारको प्रतिबद्धता : विराटनगरको साख फर्काउनेदेखि डुबान हटाउनेसम्म

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत सोमबार विराटनगरको मेयर पदमा मनोनयन दर्ता गरेको उमेदवारले विराटनगरमा आमूल परिवर्तन गर्न आफूले पहल लिने प्रतिबद्धता जनाएका छन् ।  कतिपयले मनोनयन दर्ता गराएपछि आफ्ना प्रतिबद्धताबारे संचारकर्मीहरूलाई जानकारी गराएका छन् । यस क्रममा ठूलादेखि साना राजनीतिक दलबाट उमेदवार बनेका नेताले पहिचान गुमाउँदै गएको विराटनगरमा आमूल परिवर्तनको...

२० करोडमा पुनर्निर्माण हुँदै विराटनगरको वीरेन्द्र सभागृह

विराटनगर । विराटनगरको वीरेन्द्र सभागृह पुनर्निर्माणले गति लिएको छ । सभागृहको पुरानो भवन प्रबलीकरणसँगै परिसरभित्र नयाँ भवनको निर्माण पनि भइरहेको छ । जीर्ण अवस्थामा रहेको सभागृहको स्वरूप परिवर्तन नहुने गरी विराटनगर महानगरपालिकाले भवनको पुनर्निर्माण गरिरहेको छ । महानगरपालिकाले नगर विकास कोषको लगानी साझेदारीमा सभागृह पुनर्निर्माण अघि बढाएको हो । कोषले १२ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ भने प्रदेश सरकारले २ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । कुल २० करोड रुपैयाँ लागतमा सम्पन्न हुने सभागृह पुनर्निर्माणको ठेक्का समानान्तर जोशी र श्री ब्यांक्वेट जेभीलाई दिएको छ । भूकम्प प्रतिरोधी समाज एनसेट नेपालको पर्यवेक्षणमा निर्माणाधीन योजनाको डिजाइन अरनिको डिजाइनर प्रालि काठमाडौंले गरेको हो । आगामी मङ्सिरसम्ममा सम्पन्न गरिसक्नुपर्ने सभागृहको कामलाई केही समययता ठेकेदार कम्पनीले पनि तीव्रता दिएको छ । ठेकेदार कम्पनीले सभागृहको पूर्वतर्फ दुईतले भवन निर्माण गरेको छ । भुइँतलामा शौचालय र माथिल्लो तलामा प्रशासनिक शाखाहरू राख्ने उद्देश्यसहित भवन निर्माणाधीन रहेको विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले जानकारी दिए । भवनको दोस्रो तला ढलान भइसकेको र अब फिनिसिङ चरणमा जाने बताइएको छ । यसैगरी पूर्वतर्फ निर्माणाधीन अर्को एकतले भवन फिनिसिङ चरणमा छ । त्यसमा विशिष्ट पाहुना कक्ष र मिटिङ हल निर्माण गरिनेछ । त्यहाँ विशिष्ट पाहुना आउँदा बस्ने र बैठक गर्न मिल्ने गरी छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । उत्तरतर्फ पनि नयाँ भवन बनाइएको छ । त्यस भवनमा स्टेज कार्यक्रम गर्नेहरूका लागि चेन्जिङ रूमको प्रबन्ध गरिनेछ । ठेक्कामा बाहिर कम्पाउन्ड र आँगनलाई व्यवस्थित रूपमा निर्माण गरी सभागृह परिसरलाई आकर्षक बनाउने कामसमेत समेटिएको  छ । पुनर्निर्माणका क्रममा पुरानो सभागृहको भवनभित्र र बाहिरका पर्खाल पाँच इन्च मोटाइमा ढलान गरिँदै छ । प्रबलीकरणमार्फत भवन तयार भइसकेपछि भित्र र बाहिर सौन्दर्यकरणको काम अघि बढाइने बताइएको छ । भवनको अघिल्लो भागमा रहेको भर्‍याङ हटाउने र त्यस ठाउँमा ‘वाटर फाउन्टेन’ निर्माण गरिने इन्जिनियर थापाले जानकारी दिए । उनका अनुसार भवनको बाहिरी भागमा दुई ठूला स्क्रिनहरू राखिनेछन् । सभाहलभित्र नअटाएर बाहिर बसेका मानिसले तिनै स्क्रिनहरूबाट कार्यक्रम दृश्यावलोकन गर्न सक्नेछन् । विराटनगर  महानगरपालिकाका प्रमुख भीम पराजुलीले निर्वाचनकै बेला प्रतिबद्धता गरेको सभागृह पुनर्निर्माण कार्यकालको अन्तिम समयमा भए पनि आरम्भ भएको बताए । महानगरपालिकाका अरू धेरै विकास योजना दुई वर्षदेखि अघि बढाउन नसकेको र बाटोघाटोका योजना समेटिएको नगरस्तरीय योजनाको ५० प्रतिशत रकम चालू आर्थिक वर्षमा कटौती गरेको महानगरले सभागृहको कामलाई भने निरन्तरता दिएको छ । महानगर प्रमुखको प्रतिबद्धतामध्येको प्रमुख योजना भएकाले पनि बजेट अभावको असर सकेसम्म सभागृहमा पर्न नदिएको महानगरका एक कर्मचारीले बताए ।