जगदम्बा सिमेन्टद्वारा नेपाल प्रहरी प्रधान कार्यालयमा निर्माणसम्बन्धी अन्तरक्रिया

काठमाडौं । जगदम्बा सिमेन्टले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी जनशक्तिलाई लक्षित गरी निर्माणसम्बन्धी प्राविधिक तालिम सञ्चालन गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयको समन्वयमा प्रतिष्ठानका प्रहरी जनशक्तिलाई २० दिने निर्माण प्रविधि तालिम दिइएको हो । तालिममा प्राविधिकहरुले सिमेन्टको परिमाण, यसको सही प्रयोग गर्ने कार्यविधि र मापदण्डसम्बन्धी सीप र ज्ञानका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । […]

सम्बन्धित सामग्री

एकैपटक ९५८ इन्सपेक्टरको सरूवा, ६४ को पदस्थापन [सूचीसहित]

नेपाल प्रहरीका नौ सय ५८ प्रहरी निरिक्षकको सरूवा गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले मंगलबार नेपाल प्रहरीका नौ सय ५८ प्रहरी निरिक्षकको सरुवा गरेको हो। यस्तै कार्यालयले ६४ जना प्रहरी...

प्रहरी प्रधान कार्यालय नक्सालमा राष्ट्रिय वाणिज्य बैंकको ६४औं एक्सटेन्सन काउन्टर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औं एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको मंगलवार उद्घाटन गरेका हुन् ।  शाखा कार्यालय नक्सालमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद, चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोबाइल बैंकिङ सेवा, एटीएम लगायत सेवा उपलब्ध गराइने बताइएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीलाई बैंकिङ सेवा लिन थप सहज हुने बताए ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सकिने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ सेवा दिने भन्दै नेपाल प्रहरीसँगको सहकार्यका लागि आभार व्यक्त गरे ।

साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ

काठमाडौँ – नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-५ झुवानीटोल बस्ने १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ। सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गर्ने अभिप्रायले ब्यूरोको नक्कली फेसवुक पेज बनाउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय […]

नेपाल प्रहरीले सञ्चालन गर्ने गरी चार्जिङ स्टेसन बनाउँदै प्राधिकरण

नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच सोमबार उक्त सम्झादारीपत्रमा हस्ताक्षर गरेका हुन् । समारोहमा...

विद्युतीय चार्जिङ स्टेसन बनाउन नेपाल प्रहरी र विद्युत् प्राधिकरणबीच सम्झौता

६ भदौ, काठमाडौं । नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीपत्रअनुसार, प्रहरी कल्याण कोषद्धारा हाल सञ्चालित ५ वटा […]

२५ ठाउँमा विद्युतीय चार्जिङ स्टेशन बनाउन नेपाल प्रहरी र प्राधिकरणबीच समझदारी

काठमाण्डाै – नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमवार आयोजित कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र प्राधिकरणकाे तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । समझदारीपत्रअनुसार प्रहरी कल्याण कोषद्वारा अहिले सञ्चालित पाँच वटा पेट्रोल पम्प, प्रस्तावित चार वटा पेट्रोल पम्प र बाँकी प्रहरी कार्यालयहरूका अन्य उपयुक्त ठाउँहरू गरी २५ ठाउँमा चा...

नेपाल प्रहरी मोबाइल एपको प्रयोग तथा विशेषता सम्बन्धी अनुशिक्षण सम्पन्न

काठमाडौं, १० कात्तिक । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, कार्य विभाग, मानवश्रोत एवं प्रशासन विभागको सुपरीवेक्षण तथा प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयको आयोजनामा ‘नेपाल प्रहरी मोबाइल एप’को प्रयोग तथा विशेषता सम्बन्धी ३ दिवसीय अनुशिक्षण मंगलबार सम्पन्न भएको छ । अनुशिक्षणको पहिलो दिन प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न […]

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरज बहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारी–पत्रमा हस्...