प्रहरी प्रधान कार्यालय नक्सालमा राष्ट्रिय वाणिज्य बैंकको ६४औं एक्सटेन्सन काउन्टर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औं एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको मंगलवार उद्घाटन गरेका हुन् ।  शाखा कार्यालय नक्सालमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद, चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोबाइल बैंकिङ सेवा, एटीएम लगायत सेवा उपलब्ध गराइने बताइएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीलाई बैंकिङ सेवा लिन थप सहज हुने बताए ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सकिने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ सेवा दिने भन्दै नेपाल प्रहरीसँगको सहकार्यका लागि आभार व्यक्त गरे ।   

सम्बन्धित सामग्री

नक्सालमा रावा बैकको एक्सटेन्सन काउन्टर

राष्ट्रिय वाणिज्य बैंकले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औं एक्सटेन्सन काउन्टरको शुरु गरेको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन । शाखा कार्यालय नक्सालमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद, चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोवाइल बैंकिग सेवा, एटिएम सेवा लगायतको रकम जम्मा गर्न सकिने छ । कार्यक्रममा प्रहरी […]