एजेन्सी।अमेरिकाले अन्तरिक्षमा देखिएका अपरिचित १४४ वस्तुमध्ये एकको मात्र पहिचान भएको रिपोर्ट सार्वजनिक गरेको छ।रिपोर्टमा भनिएको छ,“युएफओले उडान सुरक्षा र अमेरिकी राष्ट्रिय सुरक्षामा चुनौती थपेको छ।”अन्तरिक्षमा देखिएका अपरिचित वस्तुलाई बुझ्न कठिन हुने रिपोर्टमा उल्लेख छ।तर ती वस्तुहरु विदेशी अन्तरिक्षयान वा ड्रोन हुनसक्ने पनि नकार्न नसिकने जनाइएको छ।पेन्टागनले अन्तरिक्षमा देखिएका अपरिचित वस्तुको अध्ययन गर्न निर्देशन दिएपछि गुप्तचर संस्थाले अनुसन्धान गरेको थियो।