अञ्जन विष्ट पेनाल्टीमा चुके, नेपाल म्यानमारसँग बराबरीमा राेकियाे !

काठमाण्डाै – नेपाल र म्यानमारबीचकाे पहिलाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल गाेलरहित बराबरीमा सकिएकाे छ ।आज शुक्रवार म्यानमारकाे थुवुन्ना रङ्गशालामा भएकाे खेल गाेलरहित बराबरीमा सकिएकाे हाे । नेपालले खेलकाे ५८ औँ मिनेटमा पेनाल्टी पाएकाे थियाे तर अञ्जन विष्टले गाेल गर्न सकेनन् । पेनाल्टी बक्सभित्र म्यानमारका डिफेन्डरले बल राेक्ने क्रममा 'ह्यान्ड' बल भएपछि नेपालले पेनाल्टी पाएको थियो । खेलमा दुवै टाेलीले केही माैका बनाए पनि गाेल गर्न भने सकेनन् ।नेपाल र म्यानमारबीचकाे अर्काे मैत्रीपूर्ण फुटबल सेप्टेम्बर १...

सम्बन्धित सामग्री

अञ्जन विष्ट नेपाल सुपर लिगका लागि झापा एफसीमा अनुबन्धित

१२ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण फरवार्ड अञ्जन विष्ट दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि झापा एफसीसँग मार्की खेलाडीको रूपमा अनुबन्धित भएका छन् । झापा एफ.सी.ले आफ्नो सामाजिक सञ्जालबाट अञ्जन बिष्ट अनुबन्ध गरेको जानकारी दिएको हो । नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५७ क्याप जितिसकेका विष्टले १२ गोल समेत गरेका छन् र […]

जितको दबाबमा नेपाल

नेपालका लागि भारतविरुद्ध पनि स्ट्राइकर अञ्जन विष्ट प्रमुख खेलाडी रहनेछन्। गत संस्करण नेपालको फाइनल प्रवेशको यात्रामा नायक बनेका अञ्जनले दुई पहेँलो कार्डका कारण भारतविरुद्धको फाइनल भने गुमाएका थिए।...

अञ्जन ६ हप्ता मैदानबाहिर

नेपाल राष्ट्रिय फुटबल टोलीका अञ्जन विष्ट ६ साता मैदानबाहिर हुने भएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटाको प्रतिस्पर्धामा अञ्जन घाइते भएका थिए । घाइतेका कारण नै अञ्जनले मच्छिन्द्र फुटबल क्लबविरुद्ध...

अरुणा र अञ्जन २०७८ सालका उत्कृष्ट खेलाडी

२३ फागुन, काठमाडौं । भलिबलकी अरुणा शाही र फुटबलका अञ्जन विष्ट २०७८ सालका उत्कृष्ट खेलाडी घोषित भएका छन् । २०७८ सालमा गरेको प्रदर्शनका आधारमा नेपाल खेलकुद पत्रकार मञ्चले महिला खेलाडीमा अरुणा र पुरुष खेलाडीमा अञ्जनलाई उत्कृष्ट चयन गरेको हो । राष्ट्रिय पुटबल टिमका सदस्य अन्जनले फुटबलकै किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी […]

एनएसजेएफ स्पोर्टस अवार्ड : अञ्जन विष्ट बने वर्ष उत्कृष्ट पुरुष खेलाडी

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली राष्ट्रिय फाुटबल टिमका फरवार्ड अञ्जन विष्टलाई उत्कृष्ट पुरुष वर्ष खेलाडीको अवार्ड दिएको छ । यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल परेका थिए । उनीहरुलाई पछि ...

आहा रारा पोखरा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा

कास्की - चर्च ब्वाइज युनाइटेड आहा रारा पोखरा गोल्डकपकाे क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई २–१ गाेलले हराउँदै चर्च ब्वाइज क्वाटर फाइनलमा पुगेकाे हाे । उसले क्वाटर फाइनलमा मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ ।  चर्च ब्वाइजको जितका लागि अञ्जन विष्ट र अनन्त तामाङले एक/एक गोल गरे । खेलको पहिलो हाफमा अग्रता बनाएकाे भए पनि त्यसलाई कायम राख्न नसक्दा विभागीय टिम नेपाल पुलिस क्लब प्रतियोगिताबाटै बाहिरिएकाे छ। खेलको २५औँ मिनेटमा पुलिसका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिल...

अञ्जन विष्ट बने झापा एफसीको मार्की प्लेयर

१५ फागुन, काठमाडौं । झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि राष्ट्रिय फुटबल टिमका खेलाडी अञ्जन विष्टलाई मार्की प्लेयर नियुक्त गरेको छ । एनएसएलमा यसै संस्करणदेखि सहभागी झापाले आइतबार एक कार्यक्रमका बीच अञ्जनलाई मार्की प्लेयर घोषणा गरेको हो । झापा एफसीको तर्फबाट महासचिव सुजन गौतम र मार्की प्लेयर अञ्जन विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे […]

नेपाल–भारतबीचको खेल शुरू, नेपाली टोलीमा तीन खेलाडी परिवर्तन

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल दशरथ रंगशालामा शुरू भएको छ । आज नेपाली टोलीका तीन खेलाडी परिवर्तन गरिएको छ । फरवार्ड अञ्जन विष्ट, नवयुग श्रेष्ठ र रक्षक सुमन अर्याललाई पहिलो रोजाइमा छैनन् ।  उनीहरूको ठाउँमा मनिष डाँगी, आशीष लामा र सुजल श्रेष्ठलाई मौका दिइएको छ ।  बिहीवार नेपाल र भारतबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

विश्वकप छनोटमा नेपाल विजयी

विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर पारे । समूह बीमा रहेको नेपालले जीतसँगै ६ खेलबाट ६ अंक जोडेको छ । नेपालको लक्ष्य समूहको शीर्ष चारभित्र परेर सोझै एशिया कप छनोटको तेस्रो चरणमा पुग्ने हो ।  त्य

नेपाल सुपर लिग : अञ्जन विष्ट बने उत्कृष्ट फरवार्ड

काठमाडौं। ललितपुर सिटीका कप्तान अञ्जन विष्ट नेपाल सुपर लिगको उत्कृष्ट फरवार्ड घोषित भएका छन्। यससँगै उनले एक लाख रूपैयाँ पाएका छन्। अञ्जनले प्रतियोगितामा तीन गोल गरे। अञ्जनको कप्तानीमा रहेको ललितपुरले तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो। इलिमिनेटरमा बुटवल लुम्बिनीलाई १-० ले पराजित गरेको ललितपुर दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्ससँग ३-० ले पराजित भएको थियो।