वीरगञ्जमा निःशुल्क अक्सिजन बैंक स्थापना

१४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा निशुल्क अक्सिजन बैंकको स्थापना गरिएको छ । वीरगञ्ज महानगरपालिकाले लायन्स क्लबहरुसँग मिलेर निशुल्क अक्सिजन बैंक स्थापना गरेको हो । कोभिड–१९ संक्रमणबाट जोखिममा परेका नागरिकको जीवन रक्षाका लागि अक्सिजन बैंकको स्थापना गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । अक्सिजन बैंक स्थापनाका लागि लायन्स क्लब अफ वीरगञ्ज, जीतपुर सिमरा, कलैया र गञ्जभवानीपुरले […]

सम्बन्धित सामग्री

अक्सिजन बैंकबाट ५८ संक्रमितलाई दियो निःशुल्क अक्सिजन

हेटौंडा : मकवानपुरमा सञ्चालित सामाजिक सस्था लियो तथा लायन्स क्लवले संयुक्त रुपमा अक्सिजन बैंक सञ्चालन गरेका छन्।कोरोना संक्रमण र यसबाट मृत्यु हुनेको संख्या बढेसँगै अक्सिजनको अभाव हुन थालेपछि केही समय अघिबाट मकवानपुरका सम्पुर्ण लियो तथा लायन्स क्लवहरुले अक्सिजन बैंक सञ्चालन गरेका हुन्।जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बैंक स्थापना गर्दै लायन्स क्लवहरुले निःशुल्क रुपमा कोरोना संक्रमितहरुलाई अक्सिजन वितरण गर्दै आएको छ। लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि टु को एरिया टु का सेक्रेटरी जेपी यादवका

बुटवलमा अक्सिजन बैंक स्थापनाः निःशुल्क सेवा दिने उपमहानगरपालिकाको घोषणा

बुटवल। बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निःशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ। उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन र घरमा आइसोलेट भएका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीको टोलीले अक्सिजनसहित सेवा उपलब्ध गराउन अक्सिजन बैंक स्थापना गरिएको हो। अक्सिजन बैंकको आज उपमहानगरपालिका परिसरमा नगर प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरे। रासस

वीरगञ्जका कोरोना संक्रमितलाई घरघरमै नि:शुल्क औषधी

वैशाख १६, वीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाले कोरोना संक्रमितका लागि घरघरमै नि : शुल्क औषधी वितरण गरेको छ ।  केही दिनदेखि कोरोना संक्रमित ह्वात्तै बढेर उपचारमा समस्या भएपछि आ-आफ्नो घरमा आईसोलेशनमा बसेकाहरूलाई महानगरले औषधी पुर्‍याइएको हो । संक्रमितलाई अस्पताल पुर्‍याउन वीरगञ्ज महानगरले एम्बुलेन्स सेवासमेत नि : शुल्क उपलब्ध गराएको छ । महानगरले यसअघि नै अक्सिजन बैंक स्थापना गरी अक्सिजन वितरण गरिरहेको छ । होम आईसोलेशनमा बसेका संक्रमितलाई औषधी वितरण शुरू गरिएको महानगरका प्रमुख विजयकुमार सरावगीले बताए । नगर प्रमुख सरावगीले संक्रमितलाई औषधी वितरण गरेर यसको शुरूआत गरेका छन् । घरमा बसेका संक्रमितहरूको उपचार सहज बनाउन घरघरमै औषधी वितरण गरिएको सरावगीले बताए ।  ‘८ प्रकारका औषधि निःशुल्क बितरण गरिएको छ । अस्पताल जानुपर्नेलाई एक्बुलेन्स सेवा, अस्पतालमा बेड नपाएकालाई घरमै औषधी र अक्सिजन पु¥याइएको छ,’ प्रमुख सरावगीले भने ।  वीरगञ्जमा मात्रै ५०० भन्दा बढी संक्रमित होम आईसोलेशनमा छन् । संक्रमित बढेपछि अस्पतालमा उपचार अहसज बनेको छ ।होम आईसोलेशनमा बसेका कोरोना

वीरगन्जमा निःशुल्क अक्सिजन बैंक

कृष्णउदास खनाल, वीरगन्ज कोभिड–१९ का कारण अप्ठेरोमा परेका नागरिकको जीवन रक्षाका लागि निःशुल्क अक्सिजन बैंक स्थापना भएको छ । वीरगन्ज महानगरपालिका र सम्पूर्ण लायन्स क्लब अफ वीरगन्ज, जितपुर सिमरा, कलैया र गन्जभवानीपसरको साझेदारीमा वीरगन्जमा बुधबारबाट निःशुल्क अक्सिजन वितरण गरिन थालिएको हो । वीरगन्ज महानगरपालिकाले अक्सिजनको अभावका कारण जीवन जोखिममा रहेका महानगरपालिकामा बसोबास गर्ने नागरिकको जीवन […]

कोरोना संक्रमितलाई अक्सिजन निःशुल्क

वीरगन्ज महानगरपालिकामा निःशुल्क अक्सिजन बैंक स्थापना गरिएको छ । कोभिड संक्रमणको कारण अप्ठ्यारोमा परेका नागरिकको जीवन रक्षाका लागि महानगरपालिका र लायन्स क्लव इन्टरनेशनलको साझेदारीमा मंगलबारदेखि निःशुल्क अक्सिजन बैकको स्थापना गरिएको हो ।वीरगन्ज महानगरपालिकाले अक्सिजनको अभावका कारण जीवन जोखिममा रहेका महानगरपालिकामा वसोवास गर्ने कोरोना संक्रमित नागरिकको जीवन रक्षाका लागि निःशुल्क अक्सिजन वितरण गर्न लागेको नगर प्रमुख […]

वीरगञ्ज महानगरले अक्सिजन नि : शुल्क वितरण गर्ने

वैशाख १४, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित बढेर उपचारमा अक्सिजनको अभाव हुन थालेपछि वीरगञ्ज महानगरले निःशुल्क अक्सिजन वितरण गर्ने भएको छ । महानगरले मंगलवार अक्सिजन बैंक स्थापना गरेको हो ।  महानगरपालिका र लायन्स क्लव इन्टरनेशनलको साझेदारीमा अक्सिजन बैंक स्थापना भएको महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए ।     कोभिड संक्रमणमा अक्सिजन अभाव भएर जीवन जोखिममा रहेका नागरिकको जीवन रक्षाका लागि निःशुल्क अक्सिजन वितरण गरिने नगर प्रमुख विजयकुमार सरावगीले बताए । होम आईसोलेशनमा उपचार गराइरहेकाहरूलाई आवश्यक पर्ने औषधी, अक्सिजन र त्यसमा लाग्ने किटसमेत निःशुल्क बितरण गरिने महानगरले बताएको छ ।

विपन्न कोरोना संक्रमितका लागि ‘अक्सिजन बैंक’ स्थापना

३१ साउन, काठमाडौं ।आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ । लाइन्स क्लब अफ काठमाडौँ समपर्णले आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित परिवारको उपचारका …