वीरगञ्ज महानगरले अक्सिजन नि : शुल्क वितरण गर्ने

वैशाख १४, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित बढेर उपचारमा अक्सिजनको अभाव हुन थालेपछि वीरगञ्ज महानगरले निःशुल्क अक्सिजन वितरण गर्ने भएको छ । महानगरले मंगलवार अक्सिजन बैंक स्थापना गरेको हो ।  महानगरपालिका र लायन्स क्लव इन्टरनेशनलको साझेदारीमा अक्सिजन बैंक स्थापना भएको महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए ।     कोभिड संक्रमणमा अक्सिजन अभाव भएर जीवन जोखिममा रहेका नागरिकको जीवन रक्षाका लागि निःशुल्क अक्सिजन वितरण गरिने नगर प्रमुख विजयकुमार सरावगीले बताए । होम आईसोलेशनमा उपचार गराइरहेकाहरूलाई आवश्यक पर्ने औषधी, अक्सिजन र त्यसमा लाग्ने किटसमेत निःशुल्क बितरण गरिने महानगरले बताएको छ ।   

सम्बन्धित सामग्री

भारतबाट भित्रियो नेपालमा अक्सिजन ग्यास

जेठ ७, वीरगञ्ज । दोस्रो चरणको कोरोना संक्रमण बढेपछि अक्सिजन ग्यासको अभाव हुन नदिन उद्योगीहरुले भारतबाट वीरगञ्जको बाटो गरी ठूलो सानो गरी पाँच ओटा बुलेट नेपाल भित्र्याएका छन् ।            काठमाडौंको शङ्कर ग्यास उद्योगले भारतबाट लिक्विड अक्सिजनको बुलेट नेपाल भित्र्याएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ । अक्सिजन ग्यास उद्योगीले भारतको झारखण्ड प्रान्तको जमशेदपुरबाट ल्याएका हुन् ।उद्योगले लिक्विड अक्सिजन ल्याएर अस्पताललाई दिने गर्छ । उद्योगसँग दुई ओटा मात्रै लिक्विड अक्सिजन बोक्ने बुलेट छ । लिक्विड अक्सिजनको ट्याङ्कर उपत्यकामा ट्रमा सेन्टर र टेकु अस्पतालमा मात्रै रहेको छ । बुलेटमा ल्याइएको अक्सिजन ट्याङ्कमा खन्याउने गरिन्छ । वीरगञ्ज नाकाबाट यही जेठ १ गतेदेखि लिक्विड अक्सिजनसहितको बुलेट आएको बताइएको छ ।            वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत शैलेन्द्र अधिकारीका अनुसार रक्सौल–वीरगञ्ज नाका भएर हालसम्म एउटा सानो र चार ओटा ठूलो बुलेट नेपाल भित्रिएका छन् । तीन लटमा आएको अक्सिजन ग्यास पहिलो लटमा ११ हजार ५५० एमटिक्यू, दोस्रोमा ४ हजार ८७४ एमटिक्यू र तेस्रोमा १२ हजार ५७४ एमटिक्यू आएको बताइएको छ ।            एक घनमिटरको मूल्य भारु १६ दरमा अक्सिजन खरीद गरी नेपाल ल्याइएको अधिकारीले जानकारी दिए। कोरोना संक्रमण बढ्दै गएको र बिरामीलाई अक्सिजनको अभाव हुन थालेपछि सङ्घीय सरकारले हाल अक्सिजन बुलेट आयातमा भन्सार शुल्क शून्य बनाएको छ ।            भारतबाट नेपाल भित्रिंदा एउटा बुलेटमा प्रवेश शुल्क ५६५ रुपैयाँ लाग्ने गर्छ । नेपाल–भारत दुवै देशका अधिकारीले सहमति दिएपछि उद्योगीहरुले अक्सिजन ग्यासको बुलेट नेपालमा ल्याउन शुरु गरेको भन्सार कार्यालयका अधिकारीहरुले बताएका छन् । हाल नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिएर बिरामीहरु अक्सिजनको अभावमा मर्न थालेपछि यसलाई रोक्न तथा अक्सिजनको अभाव नहोस् भनेर उद्योगीहरुले भारतबाट अक्सिजन ग्यास ल्याउने गरेका हुन् ।             पर्सा जिल्लामा रहेका तीन ओटा अक्सिजन उद्योगले आफैं ग्यास प्लान्टबाट अक्सिजन उत्पादन गरी वितरण गर्दै आएका छन् । यी उद्योगले पनि भारतबाट तयारी लिक्विड अक्सिजन ल्याएर सिलिन्डरमा भर्ने हो भने यस भेगमा अक्सिजनको अभाव नहुने विज्ञहरु बताउँछन् । रासस

राष्ट्र बैंकको राहतमा कार्यान्वयन पक्षको पाटो

नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासको समीक्षा गर्दै निषेधाज्ञाका कारण पीडित उद्योग तथा व्यवसायीलाई केही राहतको प्रबन्ध गरेको छ । निषेधाज्ञा अवधिभर पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने, छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित, निषेधाज्ञा सकिएको एक महिनासम्म लिलामी गर्न नपाउने, अक्सिजन प्लान्टका लागि आधार दरमै कर्जा, ५० करोडसम्म विशेष पुनर्कर्जा तथा सीएसआरको रकम […]

अक्सिजन उद्योगको ६ महिनाको विद्युत महसुल छुट

सरकारले देशभरका सबै अक्सिजन उद्योगलाई डिमाण्ड शुल्क छुट दिने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सो निर्णय गरेको हो । मन्त्री स्तरीय निर्णय गर्दै वैशाखदेखि लागू हुने गरी असोज ...

अक्सिजन उद्योगको  शुल्क छुट गर्न ऊर्जामन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाँदै

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले देशभरका सबै अक्सिजन उद्योगलाई डिमाण्ड शुल्क छुट गर्न  मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेका छन् । विसं २०७८ वैशाखदेखि लागू हुने गरी  आगामी असोज मसान्तसम्म खपत गरिएको विद्युत्को डिमाण्ड शुल्क मिनाहा गर्ने गरी प्रस्ताव लैजान लागिएको हो ।

अक्सिजन सिलिन्डर आयातमा कर छूट

काठमाडौं, बैशाख १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्रीको आयातमा पूर्ण कर छूट दिने बताएको छ । गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री आयातमा भन्सार छूट दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्दै मन्त्रालयले स्वास्थ्य सामग्री आयातमा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क करसमेत छूट […]

भारतमा कोरोनाविरुद्धको खोप र अक्सिजनको आयातमा भन्सार शुल्क छुट

काठमाण्डाै - भारत सरकारले कोभिड-१९ विरुद्धको खोप र अक्सिजनको आयातमा भन्सार शुल्क छुट दिने भएको छ । कोभिड-१९ विरुद्धको खोपको आयात गर्दा लाग्ने आधारभूत भन्सार शुल्कमा छुट दिने निर्णय भएको भारतको सङ्घीय वित्त मन्त्रालयले जनाएको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको उच्चस्तरीय बैठकले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि तीन महिनाको लागि छुट दिने निर्णय गरेको छ । पछिल्ला केही दिनहरूमा देशका विभिन्न भागहरुमा रहेका कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव भएको र अक्सिजन अभावका कारण बिरामीको ज्यान जाने अवस्...

भारतले कोरोना विरुद्धको खोप र अक्सिजनको आयातमा भन्सार शुल्क छुट दिने

नयाँदिल्ली / भारत सरकारले कोभिड–१९ विरूद्धको खोपको आयात गर्दा लाग्ने आधारभूत भन्सार शुल्कमा छुट दिने निर्णय शनिबार गरेको छ । सरकारले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि