वीरगञ्जका कोरोना संक्रमितलाई घरघरमै नि:शुल्क औषधी

वैशाख १६, वीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाले कोरोना संक्रमितका लागि घरघरमै नि : शुल्क औषधी वितरण गरेको छ ।  केही दिनदेखि कोरोना संक्रमित ह्वात्तै बढेर उपचारमा समस्या भएपछि आ-आफ्नो घरमा आईसोलेशनमा बसेकाहरूलाई महानगरले औषधी पुर्‍याइएको हो । संक्रमितलाई अस्पताल पुर्‍याउन वीरगञ्ज महानगरले एम्बुलेन्स सेवासमेत नि : शुल्क उपलब्ध गराएको छ । महानगरले यसअघि नै अक्सिजन बैंक स्थापना गरी अक्सिजन वितरण गरिरहेको छ । होम आईसोलेशनमा बसेका संक्रमितलाई औषधी वितरण शुरू गरिएको महानगरका प्रमुख विजयकुमार सरावगीले बताए । नगर प्रमुख सरावगीले संक्रमितलाई औषधी वितरण गरेर यसको शुरूआत गरेका छन् । घरमा बसेका संक्रमितहरूको उपचार सहज बनाउन घरघरमै औषधी वितरण गरिएको सरावगीले बताए ।  ‘८ प्रकारका औषधि निःशुल्क बितरण गरिएको छ । अस्पताल जानुपर्नेलाई एक्बुलेन्स सेवा, अस्पतालमा बेड नपाएकालाई घरमै औषधी र अक्सिजन पु¥याइएको छ,’ प्रमुख सरावगीले भने ।  वीरगञ्जमा मात्रै ५०० भन्दा बढी संक्रमित होम आईसोलेशनमा छन् । संक्रमित बढेपछि अस्पतालमा उपचार अहसज बनेको छ ।होम आईसोलेशनमा बसेका कोरोना  

सम्बन्धित सामग्री

माइतीघर मण्डलाको निषेधाज्ञा फिर्ताकाे माग राख्दै प्रदर्शन (तस्बिरसहित)

काठमाडौं- माइतीघर मण्डलामा लगाइएकाे निषेधाज्ञा तत्काल फिर्ता गर्नुपर्ने माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन भएकाे छ। चिकित्सक अभियन्त्रा डा.गाेविन्द केसीलगायतले शनिबार मध्यान्ह प्रदर्शन गरेका हुन्। उनीहरूले ‘लाेकतान्त्रिक स्थानकाे संकुचन नगर’, ‘माइतीघरकाे निषेधाज्ञा तत्काल फिर्ता गर’, ‘नि:शुल्क औषधी उपचारकाे सेवा व्यवस्था गर’, ‘सत्ता तिम्राे सडक नागरिककाे’ लगायतका नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए। प्रदर्शनीकाे क्रममा उनीहरूले कविता […]

नि:शुल्क औषधी पनि किनेर खान बाध्य छन् नागरिक

काठमाडौं : सरकारले सामान्यदेखि जटिल प्रकारका रोगमा प्रयोग गर्न ९८ प्रकारका औषधी नागरिकलाई नि:शुल्क वितरण गर्दै आएको छ।सरकारले धेरै महत्त्व दिएर अघि सारेको यो कार्यक्रम भने कार्यन्वयनमा स्वास्थ्य सेवातर्फ लागू भएका अन्य कार्यक्रमको तुलनामा एकदमै कमजोर देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सावर्जनिक गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा आएका स्वास्थ्यका कार्यक्रमको प्रगति विवरणअनुसार सरकारले निःशुल्क गरेका सबै औषधी उपलब्ध हुन नसकेका कारण लक्ष्यअनुसारको सेवा प्रदान गर्न नसकिएको उल्ले

बालबालिकाको क्यान्सरका ३५ प्रकारका औषधी निःशुल्क गरिँदै

काठमाडौं : नेपालमा केही महिनामा नै क्यान्सर लागेका बालबालिकालाई निःशुल्क औषधी उपलब्ध हुने भएको छ। विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा नेपालका बालबालिकालाई क्यान्सरको औषधि नि:शुल्क उपलब्ध गराउने तयारी भएको हो।बालरोग विशेषज्ञसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति तथा योजना शाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जिआइसिसी) ले विश्व स्वास्थ्य संगठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहयोगमा नेपालमा बालबालिकालाई क्यान्सरको

मालारानी गाउँपालिकामा दीर्घरोगीहरुलाई नि:शुल्क औषधी वितरण सुरू

प्रत्येक वडाका स्वास्थ्य संस्थामा चिकित्सक सहतिको घुम्ती सेवा अर्घाखाँचीको मालारानी गाउँपालिकाले

महानगर दिवसमा नि:शुल्क स्वास्थ्य शिविर (तस्बिरहरु/भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाको २८ औं महानगर दिवसको अवसरमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । महानगरपालिकाको २८ औं महानगर दिवसको अवसरमा काठमाडौं महानगर र नेपाली सेनाको सहकार्यमा वृहत स्वास्थ्य शिविर र निशुल्क औषधी वितरण गरिएको हो । सेनाको खेल मैदानमा शिविर आयोजना गरिएको महानगरले जनाएको छ । शिविरमा जनरल फिजिसियन, कार्डियोलोजि, छाति रोग, सर्जरी, स्त्री […]

हेल्पेर केयरिङ सर्कलको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, मंसिर २५ । हेल्पेर केरिङको सर्कलको आयोजना बुटवल ११ मजुवा नि:शुल्क स्वास्थ्य शिविर परीक्षण सम्पन्न भएको छ । विश्वास घिमिरेको अध्यक्षतामा सम्पन्न स्वास्थ्य शिविरमा मधुमेह, मानसिक, नाक कान घाटी रोग, दन्त लगायतका रोगको निःशुल्क उपचार र औषधी वितरण गरिएको छ । कार्यक्रममा अध्यक्ष विश्वास घिमिरेले आफ्नो क्लबले आयोजना गर्ने सम्पूर्ण कार्यमा सबैले हातेमालो गर्दै […]

एमालेको घोषणा: ५० युनिटसम्म बिजुली निशुल्क

नेकपा एमालेले ५० युनिटसम्म बिजुली निशुल्क दिने भएको छ  । एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै दुई वर्षमा विद्युतमा पहुँच हुने जनसङ्ख्या शत प्रतिशत पुऱ्याइने र सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट तथा  हिउँद याममा मासिक ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने जनाएको हो । एमालेले आफ्नो घोषणापत्रमा २० वटा ग्यारेन्टी सार्वजनिक गरेको छ । जसमा ग्यारेन्टी १० मा ‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने उल्लेख छ ।ग्यारेन्टी १० मा भनिएको छ 'दुई वर्षमा विद्युतमा पहुँच हुने जनसङ्ख्या शत प्रतिशत पुऱ्याइनेछ सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराइनेछ ।  । ५ वर्षमा विद्युत उत्पादन क्षमता ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट प्रतिघण्टा पुऱ्याइनेछ ।'यस्तो छ एमालेले सार्वजनिक गरेका २० ग्यारेन्टी: ग्यारेन्टी १ : समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्नेसमृद्धिको अभियानमा बाधक रहेका नीतिहरूमा सुधार गरिने छ । अति राजनीतिकरणका कारण असक्षम बनेका राज्यका विभिन्न संस्थाहरूलाई पुनर्संरचना गरी सक्षम र व्यावसायिक बनाइने छ । नागरिक प्रशासनलाई सक्षम, व्यावसायिक र जनताप्रति उत्तरदायी बनाइने छ । राज्यका निकायहरूबिच अन्तर्निकाय समन्वयको प्रभावकारी व्यवस्था गरिने छ । कार्यसम्पादनको सुनिश्चितताका लागि प्रभावकारी अनुगमनको संरचना निर्माण गरिने छ ।ग्यारेन्टी २ : राष्ट्रहित र नागरिकहितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्नेहाम्रा काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुनेछन् । सरकार गठन भएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने र छ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गरिने छ । एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने छ ।ग्यारेन्टी ३ : ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को नीति कार्यान्वयन गर्नेकृषि उत्पादन वृद्धि र आपूर्तिमा व्यापक सुधार गरिने छ । सबै पालिकामा खाद्य भण्डार स्थापना गरिने छ । सबै प्रदेशमा खाद्य गुणस्तर मापन तथा निर्धारण प्रयोगशाला स्थापना गरिने छ । खानपिनका बानीमा परिवर्तन गरी स्वस्थ र सन्तुलित र खानाको अवधारणा व्यापक गरिने छ । कामका लागि खाद्यान्न तथा नगद कार्यक्रमबाट प्रतिवर्ष एक लाख परिवारलाई खाद्यसुरक्षा दिइनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष तीन लाख परिवारलाई आय आर्जनमार्फत् खाद्यसुरक्षा प्रदान गरिने छ । ग्यारेन्टी ४ : स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्नेस्वदेशी कच्चापदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनमा जोड दिइनेछ । स्वदेशमा उत्पादन हुने खाद्यवस्तु, जुत्ता, औषधी, सिमेन्टजस्ता वस्तुहरूको उपयोगमा प्रोत्साहन गरिने छ । यस्ता उत्पादनलाई प्रोत्साहित गर्ने गरी सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत महसुल तथा ऋणमा उपयुक्त ब्याज अनुदान दिइनेछ । भन्सार नियमनका माध्यमबाट समेत स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गरिने छ ।ग्यारेन्टी ५ : आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउनेकुनै पनि नेपाली नागरिक आवासविहीन वा सडक मानवका अवस्थामा रहनु पर्ने छैन । जनता आवास तथा सुरक्षित आवासका माध्यमबाट आवासको अधिकारलाई सुनिश्चित गरिने छ । असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने छ । सञ्चयकोषका सञ्चयकर्ता तथा नागरिक लगानी कोषका बचतकर्तालाई ती कोषका लगानीमा आवास सुविधा उपलब्ध गराइने छ । सबै आवासहरू सुरक्षित र आधारभूत सुविधासहितका हुनेछन् ।ग्यारेन्टी ६ :  सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्नेकाम, रोजगारी र सामाजिक सुरक्षाका प्रबन्धबाट सबैका लागि काम र नियमित कमाइ सुनिश्चित गरिने छ । रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यको लगानी बढाइने छ । रोजगारी र उद्यमशीलताउन्मुख स्वरोजगारीका लागि सिप, पुँजी र व्यावसायिक तालिम दिइने छ । । सुरुआती व्यवसाय गर्न चाहिने बिउपुँजी (सिड–मनी) सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध गराइनेछ । कामदार वा श्रमिकको न्यूनतम ज्याला सुनिश्चित गरी समयानुकूल वृद्धि गरिने छ । हरेक वर्ष रोजगारी र स्वरोजगारी गरी वार्षिक ५ लाख रोजगारी सिर्जना गरिने छ । ग्यारेन्टी ७ : ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन गर्नेआगामी दुर्ई वर्षमा देशलाई पूर्ण साक्षर बनाइने छ । सबै पालिकामा कम्तीमा दुईवटा प्राविधिक धारका विद्यालय सञ्चालन गरिने छ । उच्चशिक्षा निम्ति विदेश जानुपर्ने बाध्यकारी अवस्थाको अन्त्य गरिने छ । देशका सरकारी अनुदानबाट पोषण गरिएका विद्यालय, महाविद्यालय र विश्वविद्यालयलाई रोजगारीकेन्द्रित शिक्षामा जोड दिँदै स्तरीकरण गरिने छ । सबैका लागि गुणस्तरीय शिक्षाको नीति अवलम्बन गरिने छ ।ग्यारेन्टी ८ :  ‘निरोगी नेपाल, सबल नागरिक’को नीति अघि बढाउनेसबै नागरिकलाई निरोगी रहने उपाय अवलम्बन गर्न सचेत गराइने छ । सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुऱ्याइनेछ । ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराइने छ । प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रममार्फत् नागरिकको स्वास्थोपचार सहज बनाइने छ । सबै पालिकामा आधारभूत अस्पताल र प्रदेशहरूमा विशिष्टीकृत अस्पतालको व्यवस्था गरिने छ । प्रसूति सेवासहित महिला स्वास्थ्यको रक्षा गरिने छ  । सबै बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरिने छ । अधिकांश रोगको उपचार स्वदेशमा नै हुने प्रबन्ध गरिने छ ।ग्यारेन्टी ९ :  स्वच्छ पानी, सफा वातावरण’को सुनिश्चित गर्नेआगामी दुई वर्षभित्रै सबै परिवारमा पिउनेपानीको आधारभूत सुविधा पुऱ्याइनेछ । सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराइनेछ । फोहरको वैज्ञानिक व्यवस्थापन गरिने छ ।ग्यारेन्टी १० : ‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्नेदुई वर्षमा विद्युतमा पहुँच हुने जनसङ्ख्या शत प्रतिशत पुऱ्याइनेछ सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराइनेछ ।  । ५ वर्षमा विद्युत उत्पादन क्षमता ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट प्रतिघण्टा पुऱ्याइनेछ ।ग्यारेन्टी ११ :  ‘खेत बारीमा पानी, दोब्बर हुन्छ उब्जनी’को मान्यतामा अघि बढाउनेआगामी तीन वर्षमा सतह तथा भूमिगत सिँचाइबाट तराई–मधेसको थप तीन लाख हेक्टर जमिन सिञ्चित गरिने छ । सिँचाइलाई वर्षायामको बिजुली महसुलमा ५० प्रतिशत र हिउँदयामको बिजुलीमा २५ प्रतिशत छुट दिइनेछ । आगामी तीन वर्षमा सतह तथा भूमिगत सिँचाइबाट तराई–मधेसको थप तीन लाख हेक्टर जमिन सिञ्चित गरिने छ । कृषि आधारित उद्योगमा सङ्लग्न हुने युवा तथा वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरूलाई ऋण तथा सहुलियतका स्किमहरू ल्याइनेछ । कृषि उपजको समर्थन मूल्य तोक्ने र कृषि उपजको व्यावसायिक उत्पादन कर्तासँग अग्रिम कृषि उपज खरिद सम्झौता गरिने छ । कृषि उपजको बिमाको व्यवस्था गरिने छ ।ग्यारेन्टी १२ :  सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने हरेक जिल्ला सदरमुकामलाई रणनीतिक सडक सञ्जालमा जोडिने छ । २ वर्षभित्र सबै पालिकाका केन्द्र जोड्ने पक्की सडक निर्माण गरिने छ । निर्माणाधीन राष्ट्रिय राजमार्ग र रणनीतिक सडकहरू ५ वर्षभित्र सम्पन्न गरिने छ । भौगोलिक विकटताले सम्भव नभएका बाहेक आधा घण्टाभित्रको दूरीमा सबै गाउँबस्तीलाई सडकको पहुँचमा पुऱ्याइनेछ । स्थानीय, प्रदेश तथा सङ्घीय सरकारका सहकार्यमा मुख्य सहरी क्षेत्रमा सहज, सुलभ र भरपर्दो सार्वजनिक यातायात सेवाको प्रबन्ध गरिने छ । सहरलाई प्रदूषणमुक्त तुल्याउन तथा हरित एवम् नवीकरणीय ऊर्जा प्रयोगलाई बढाउन सार्वजनिक र अन्य सबै यातायातमा विद्युतीय सवारी साधनलाई प्रोत्साहित गरिने छ । सार्वजनिक यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागु गरिने छ ।ग्यारेन्टी १३ : ‘व्यवस्थित सहरः स्वच्छ र हरियाली बस्ती’को अबधारणा कार्यान्वयन गर्नेप्रमुख सहरको सौन्दर्यका लागि विद्युत लाईन, टेलिफोन लाईन, खानेपानीका पाइप, दूरसञ्चार सेवा, केबल टिभी आदिका तारहरू भूमिगत गरिने छन् । सूचना प्रविधिका माध्यमबाट चुहावट नियन्त्रण र समयमा नै तिनको मर्मत सम्भार गरिने छ । प्रादेशिक राजधानीहरूको गुरुयोजना बनाई कार्यान्वयन गरिने छ ।ग्यारेन्टी १४  : ‘सरल, सहज सार्वजनिक सेवा’को प्रबन्ध गर्नेआगामी दुई वर्षभित्रमा स्थानीय तहका सबै प्रशासकीय भवनको निर्माण सम्पन्न गरिने छ । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरी सरकारी सेवा अनलाईन प्रणालीद्वारा उपलब्ध गराइने छ ।ग्यारेन्टी १५ : सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्नेगर्भावस्थामा पोषण र स्वास्थ्य परीक्षण, बाल्यावस्थामा बालसंरक्षण अनुदान, विद्यालय उमेरमा नि:शुल्क शिक्षा र दिवा खाजा, वयस्क उमेरमा कामको ग्यारेन्टी र न्यूनतम ज्याला तथा वृद्ध अवस्थामा सामाजिक सुरक्षा भत्ताको प्रबन्ध गरी हरेक व्यक्तिलाई गर्भावस्थादेखि वृद्धावस्थासम्म राज्यद्वारा सुरक्षा दिइनेछ । ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिका गरी पाँच वर्षमा ६० लाखले सामाजिक सुरक्षा भत्ता पाउने छन् । अधिकांश श्रमिक तथा कर्मचारी सामाजिक सुरक्षाको दायरामा आएका हुनेछन् । औपचारिक क्षेत्रका सबै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छन् । स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छ । आर्थिक बृद्धिका आधारमा सबै प्रकारका भत्ता बृद्धि गरिने छ । न्यूनतम ज्याला मासिक रु २५ हजार पुऱ्याइनेछ ।ग्यारेन्टी १६ : सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्नेआगामी दुई वर्षमा सबैको बैंक खाता भएको हुनेछ । पाँच वर्षमा सबै वयस्क व्यक्तिलाई कुनै न कुनै ब्याङ्क, सहकारी, लघुवित्तलगायतका वित्तीय कारोबारमा जोडिने छ । सबै साना कृषक तथा साना व्यवसायीलाई लघुबिमा सेवा उपलब्ध हुनेछ । उद्यमशीलतामा जोडिन चाहने नागरिकलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराइने छ । सहकारी संस्थाका सदस्यहरू एक करोड र सहकारीबाट परिचालन गर्ने बचत रु १० खर्ब पुऱ्याइनेछ ।ग्यारेन्टी १७ : ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’को नीति कार्यान्वयन गर्नेसुरक्षित महिनावारी कार्यक्रमका लागि महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदनिम्ति वार्षिक रु १ हजार ५ सय उपलब्ध गराइने छ । प्रसूति हुने शतप्रतिशत महिलाको गर्भावस्थाको नियमित स्वास्थ्यजाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा सुनिश्चित गरिने छ । ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निशुल्क आपत्कालीन उद्धार गर्न हवाइ एम्बुलेन्स र एम्बुलेन्सको व्यवस्था गरिने छ ।ग्यारेन्टी १८ :  सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्नेसबैका लागि सूचना तथा सञ्चार सुविधा सस्तो, सहज र भरपर्दो बनाइने छ । अप्टिकल फाइवर बिछ्याउने काम सम्पन्न गरी सूचना प्रविधिमा फाइभ–जी प्रविधिको सुविधा उपलब्ध गराइने छ । विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, सपिङ् कम्प्लेक्सलगायत सार्वजनिक सेवा प्रवाह हुने सार्वजनिक स्थलहरूमा ब्रोडब्यान्ड इन्टरनेट सुविधा निशुल्क गरिने छ । कृषिकार्य, बजार मूल्य सूचना, रोजगारीका अवसर, राज्यले दिने सहुलियत तथा सुविधा, जनस्वास्थ्य, मौसम तथा विपद् सम्बन्धी जानकारी नियमितरूपमा मोबाइल एपमार्फत उपलब्ध गराइने छ । नागरिक सुरक्षाका लागि सहरी सडक तथा सार्वजनिक स्थलमा सिसिक्यामेरा जडान गरिने छ ।ग्यारेन्टी १९ : ‘सभ्य समाजः मर्यादित नागरिक’को नीति कार्यान्वयन गर्नेबालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचबिखन, बलात्कार, घरायसी लेनदेनमा मिटर ब्याजी शोषण, बँधुवा श्रम, छुवाछूत, गुण्डागर्दी, लागु पदार्थ दुर्व्यसन, छाउपडी, दाइजो तथा तिलक प्रथा आदि सामाजिक विकृति र शोषणका सबै किसिमको सारभूत रूपमा अन्त्य गरी सभ्य समाजको निर्माण गरिने छ ।ग्यारेन्टी २० :  प्रतिव्यक्ति आय दोब्बर गर्नेकृषिको व्यवसायीकरण गरिने छ । साना, मझौला तथा ठुला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गरिने छ । पर्यटनमा आधारित सेवा क्षेत्रको विस्तार गरिने छ । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या ५ वर्षभित्र वार्षिक २५ लाख पुऱ्याइनेछ । कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई आगामी पाँच वर्षभित्र रू. १०० खर्ब पुऱ्याइनेछ । नेपालीको औसत प्रतिव्यक्ति आम्दानी रु ३ लाख (२४०० अमेरिकी डलर) पुऱ्याइनेछ ।

नेपाली सेनाको स्वास्थ्य शिविरमा विरामीको चाप

विशेषज्ञ चिकित्सक सहित उपचार सेवा प्रदान गर्न थालेपछि नेपाली सेनाको स्वाथ्य शिविरमा विरामीको भीड बढ्ने गरेको छ । विशेषज्ञ टोली सहित नसर्ने ८ प्रकारको रोग सम्बन्धी विरामीहरुको स्वास्थ्य परीक्षण गरि नि:शुल्क रुपमा औषधी वितरण गर्न थालिएपछि विरामीहरुको चाप बढेको थियो ।नेपाली सेना गोरखदल गण रामग्राम ब्यारेक नवलपरासीले जिल्लाको सुस्ता गाउँपालिका नर्सहीमा आयोजना गरेको एकदिने निशुल्क स्वास्थ्य शिविरमा विभन्नि ८ प्रकार रोग सम्बन्धी ६८० जना विरामीले उपचार सेवा लिए । जिल्लाको विकट पालिकाको रुपमा रहेको

सोताङ गाउँपालिका अध्यक्षको पहिलो निर्णय : ७० वर्ष माथिकालाई घरघरमा औषधी उपचार

सोलुखुम्बु : सोलुखुम्बुको सोताङ गाउँपालिकाले ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरघरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्ने भएको छ।नवनिर्वाचित गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले पदभार ग्रहण गरे लगत्तै पालिका भित्रका ७० वर्ष माथिका नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण र औषधी उपलब्ध गराउने निर्णय गरेका हुन्।यस्तै मतदानको क्रममा झडपमा परी ज्यान गुमाएका सुदिप राईको हत्यारालाई कारबाहीको दायरामा ल्याउने निर्णय भएको छ।अध्यक्ष बस्नेतले राईको हत्याको सत्यतथ्य छानबिनका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने ब

रौतहटमा सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

नागरिक-सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सेनाको  नं.२८ बाहिनी अड्डा र  नं.२८ फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा रौतहटको राजपुर न.पा. ९ बैरिया स्वास्थ्य चौकीमा १ दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन भएको छ । जसमा नेपाल औषधी उत्पादक संघ, सामाजिक विकास मन्त्रालय नं.२ प्रदेश, सैनिक अस्पताल पोखराको सहयोग एवं इन्द्रबक्स गणको संयोजकत्व रहेको थियो । उक्त स्वास्थ्य शिविरबाट महिला -११०, पुरुष -१०१ र बालबालिका ३२ जना गरि जम्मा २४३ जना सर्वसाधारणहरु लाभान्वित भएका छन् । सेना र आम नागरिक बीचको सम्बन्धलाई अझ प्रगाढ बन...