बुटवलमा अक्सिजन बैंक स्थापना, संक्रमितलाई निःशुल्क उपलब्ध गराइने

बुटवल उपमहानगरपालिकाले अक्सिजन बैंक स्थापना गरिएको छ

सम्बन्धित सामग्री

बुटवलमा अक्सिजन बैंक स्थापनाः निःशुल्क सेवा दिने उपमहानगरपालिकाको घोषणा

बुटवल। बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निःशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ। उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन र घरमा आइसोलेट भएका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीको टोलीले अक्सिजनसहित सेवा उपलब्ध गराउन अक्सिजन बैंक स्थापना गरिएको हो। अक्सिजन बैंकको आज उपमहानगरपालिका परिसरमा नगर प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरे। रासस

वीरगञ्जका कोरोना संक्रमितलाई घरघरमै नि:शुल्क औषधी

वैशाख १६, वीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाले कोरोना संक्रमितका लागि घरघरमै नि : शुल्क औषधी वितरण गरेको छ ।  केही दिनदेखि कोरोना संक्रमित ह्वात्तै बढेर उपचारमा समस्या भएपछि आ-आफ्नो घरमा आईसोलेशनमा बसेकाहरूलाई महानगरले औषधी पुर्‍याइएको हो । संक्रमितलाई अस्पताल पुर्‍याउन वीरगञ्ज महानगरले एम्बुलेन्स सेवासमेत नि : शुल्क उपलब्ध गराएको छ । महानगरले यसअघि नै अक्सिजन बैंक स्थापना गरी अक्सिजन वितरण गरिरहेको छ । होम आईसोलेशनमा बसेका संक्रमितलाई औषधी वितरण शुरू गरिएको महानगरका प्रमुख विजयकुमार सरावगीले बताए । नगर प्रमुख सरावगीले संक्रमितलाई औषधी वितरण गरेर यसको शुरूआत गरेका छन् । घरमा बसेका संक्रमितहरूको उपचार सहज बनाउन घरघरमै औषधी वितरण गरिएको सरावगीले बताए ।  ‘८ प्रकारका औषधि निःशुल्क बितरण गरिएको छ । अस्पताल जानुपर्नेलाई एक्बुलेन्स सेवा, अस्पतालमा बेड नपाएकालाई घरमै औषधी र अक्सिजन पु¥याइएको छ,’ प्रमुख सरावगीले भने ।  वीरगञ्जमा मात्रै ५०० भन्दा बढी संक्रमित होम आईसोलेशनमा छन् । संक्रमित बढेपछि अस्पतालमा उपचार अहसज बनेको छ ।होम आईसोलेशनमा बसेका कोरोना