अक्सिजन बैंकबाट ५८ संक्रमितलाई दियो निःशुल्क अक्सिजन

हेटौंडा : मकवानपुरमा सञ्चालित सामाजिक सस्था लियो तथा लायन्स क्लवले संयुक्त रुपमा अक्सिजन बैंक सञ्चालन गरेका छन्।कोरोना संक्रमण र यसबाट मृत्यु हुनेको संख्या बढेसँगै अक्सिजनको अभाव हुन थालेपछि केही समय अघिबाट मकवानपुरका सम्पुर्ण लियो तथा लायन्स क्लवहरुले अक्सिजन बैंक सञ्चालन गरेका हुन्।जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बैंक स्थापना गर्दै लायन्स क्लवहरुले निःशुल्क रुपमा कोरोना संक्रमितहरुलाई अक्सिजन वितरण गर्दै आएको छ। लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि टु को एरिया टु का सेक्रेटरी जेपी यादवका