कावासोती – भन्सार छलेर ल्याइएका सामग्री बरामदबाट रु पाँच करोड ३६ लाख राजस्व असुल गरिएको छ। जिल्ला प्रहरी कार्यालयले नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमार्फत गत आर्थिक वर्षमा भन्सार छलेर ल्याइएका सामग्री बरामद गरी सो राजस्व असुल गरेको हो। नवलपुरका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार गत आवमा भन्सार छलेर ल्याइएका सामग्री भन्सार चलानमार्फत उक्त राजस्व सङ्कलन भएको […]