काठमाडौँ महानगरले ६ महिनामा उठायो करिब ५ अर्ब राजस्व

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले चालु आवको ६ महिनामा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व उठाएको छ।अघिल्लो आवको सोही अवधिमा ४ अर्ब ५६ करोड २९ लाख ५७ हजार रुपैयाँ राजस्व उठाएको थियो। अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यसवर्ष ३५ करोड रुपैयाँ बढी राजस्व असुल भएको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले बताए। उनका अनुसार सबैभन्दा बढी बहाल करमा १ अर्ब ३५ करोड ६३ लाख ३० हजार रुपैयाँ राजस्व उठेको छ। सम्पत्ति करमा ६७ करोड १७ लाख २० हजार रुपैयाँ उठाएको हो।विभागका अनुसार पछ