वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमाले र सत्तारुढ गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित भएको छ । हेटौंडाको मेयर पदमा एमालेले ‘हेभी वेट’ नेता संविधानसभा सदस्य अनन्त पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने सत्तारुढ गठबन्धनले बहालवाला उपमेयर मीनाकुमारी लामालाई उम्मेदवार बनाएको छ ।२०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सदस्य पौडेल एमालेभित्र बौद्धिक नेताको रुपमा चिनिन्छन् । यता स