काठमाडौं : नेकपा एमालेले स्थानीय तह निर्वाचन घोषणाको स्वागत गरेको छ।मन्त्रिपरिषद् बैठकले २०७९ साल वैशाख ३० गते एकैपटक निर्वाचन मिति घोषणा गरेकोमा प्रमुख विपक्षी दल एमालेले स्वागत गरेको हो। एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ढिलै भए पनि सरकारले सही निर्णय गरेको प्रतिक्रिया दिए। ‘ढिलै भए पनि सरकारले अन्ततः निर्वाचनको घोषणा गरेको छ,’ नेम्वाङले भने, ‘सरकारको निर्णयको स्वागत गर्दै निष्पक्ष, स्वतन्त्र र निर्भयतापूर्वक चुनाव हुने आशा गरेका छौं।&rsqu