प्रमुख विपक्षी दल नेकपा (एमाले)को नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै छ । घोषणापत्रको मस्यौदा तयार भएपछि गोष्ठी आयोजना गरिने पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । गोष्ठीपछि केही एजेन्डा समेटेर घोषणापत्रलाई पूर्णता दिने र सार्वजनिक गरिने उनले बताए ।घोषणापत्रमा मूलभूत रूपमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारले गरेका विकास र समृद्धिसँग सम्बन्धित कामको फेहरिस्त, पार्टीको प्रदेश र स्थान