नेकपा एमालेले स्थानीय तह निर्वाचनमा मधेसमा राम्रो सफलता पाएको छ । गत स्थानीय तहको चुनावमा २० पालिका जितेको एमालेले वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म २९ वटा पालिका जितिसकेको छ । पार्टी विभाजन र सत्तारुढ गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्नुका बाबजुद एमालेले यतिका सङ्ख्यामा पालिका जित्नु सामान्य विषय होइन ।लामो समयदेखि एमालेप्रति मधेस सकारात्मक थिएन । मधेस आन्दोलनका क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र सो दलका नेताहरूले दिएका अभिव्यक्तिका कारण मधेसी जनता एमालेप्रति रुष्ट थि