निषेधाज्ञालाई थप कडाई गर्न सबै प्रमुख जिल्ला अधिकारीहरुलाई सर्कुलर

काठमाडौं । गृह मन्त्रालयले निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको छ । शनिवार सबै प्रजिअलाई कोभिड नियन्त्रणका लागी ‘निषेध आदेशलाई कडाइका साथ कार्यान्वयन गर्न’ सर्कुलर गरिएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) जनकराज दाहालले रातोपाटीलाई बताए ।सरकारले हालै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–०७८ जारी गरेको थियो । सो अध्यादेश अनुसार प्रमुख जिल्ला अधिकारीको आदेश नमानेर अनावश्यक रुपमा हिँडडुल गर्नेलाई जरिवाना हुने व्यवस्था छ

सम्बन्धित सामग्री

उपत्यकामा विवाह र ब्रतबन्ध जस्ता कार्य गर्न सीडीओको स्वीकृति अनिवार्य

काठमाडौँ, ७ माघ। कोरोनाको संक्रमणदर बढ्दै गएपछि काठमाडौं उपत्यकामा थप कडाई गरिएको छ । उपत्यकामा विवाह र ब्रतबन्ध जस्ता कार्य गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)को स्वीकृति अनिवार्य गरिएको छ ।बिहीबार उपत्यकाका सीडीओको बैठकले धार्मिक, साँस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्नुअघि अनुमति लिनुपर्ने निर्णय गरेका हुन्। ललितपुरका सीडीओ घनश्याम उपाध्यायका अनुसार पार्टी प्यालेसमा एक पटकमा कुल […]

निषेधाज्ञालाई थप कडाई पार्न सीडीओहरूको बैठक बस्दै

काठमाडौं । आज (मंगलबार) काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्दै छ।

कडाई गर्दै चितवनमा साउन ३२ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

साउन २४, चितवन । चितवनमा अघिल्लो पटक गरिएको निषेधाज्ञाभन्दा आइतवार राति १२ बजे पछिदेखि गरिने निषेधाज्ञालाई कडा पारिएको छ ।  चितवनमा दैनिकजसो संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालयद्वारा आइतवार जारी आदेश अनुसार साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरिएको हो  ।  सहायक प्रमुख जिल्ला अधिकारी भीम भट्टाराईले जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि थप जोखिम र त्रास बढेकोले निषेधाज्ञा केही कडा पारिएको जानकारी दिए । जारी निषेधाज्ञा आइतवार राति १२ बजे सकिदैछ ।  पछिल्लो समय निषेधाज्ञा खुकुलो गर्दै लगिएकोमा थप संक्रमित पनि बढ्दै गएपछि सिसिएमसी (कोभिड १९ संकट व्यवस्थापन केन्द्र) चितवनको सुझाव र सिफारीस अनुसार कडा पार्नु परेको उनको भनाइ छ  । उनका अनुसार पछिल्लो समयमा प्रायः स्थानमा मानिसहरुले स्वास्थ्य मापदण्डमा लापरवाही तथा वेवास्ता गर्दै गएको पाईएकोले यसलाई न्यूनीकरण गर्दै निषेधाज्ञामा थप कडाई गरिएको हो । ‘तेस्रो भेरियण्टको जोखिम पनि बढ्यो । संक्रमण र मृत्युदर पनि घटेन, भट्टराईले भने  संक्रमणदर घटेन भने अब थपिने निषेधाज्ञा थप कडा हुन सक्छ ।’ पछिल्लो समय मानिसहरुको गतिविधि र भीड बढ्दै गएकोले भोलिदेखि जारी हुने निशेधाज्ञामा अनुगमन र नियमन पनि गरिने भटट्राइको भनाइ छ ।  सरकारबाट मास्क अभियान तथा स्वास्थ्य सचेतनालाई तीव्र पार्दै लगिने निर्देशन अनुसार पनि कडा गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश अनुसार थप गरिएको निषेधाज्ञामा अत्यावश्यक दैनिक खाद्य वस्तु विक्री तथा खरीदमा दैनिक निश्चित तालिका र समय निर्धारण गरिएको छ ।  यसअघि हप्ताको सातै दिन पूर्ण समय खोल्न पाईने आदेश थियो । जारी आदेश अनुसार अन्य उपभोग्य वस्तुका पसलहरु अब आइतवार मंगलवार र बिहीवार मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म खोल्न पाइने छ ।  यस्तै कृषिजन्य वस्तु, पशुचौपायका आहारा र दूध डेरी खुल्ने समयलाई पनि केही कडा पार्दै निश्चित समय निर्धारण गरिएको छ । यस्ता विक्री केन्द्र तथा पसलको हकमा बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न पाइने आदेशमा उल्लेख छ ।  यस्तै रेष्टुरेण्ट, खाजा पसल र मिठाई पसलको हकमा दैनिक मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म खोल्न पाईने र अत्यावश्यक सवारी साधन बाहेक निजी तथा सार्वजनिक साधनको हकमा जोर विजोर प्रणाली लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।  अन्य बैंक, वित्तिय संस्था तथा सरकारी कार्यालयको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न पाईने जारी आदेशमा जनाइएको छ । आदेशको उल्लंघन गरेको पाईएमा प्रचलित कानून अनुसार कारबाही गरिने समेत आदेशमा उल्लेख छ ।

पाल्पामा जारी निषेधाज्ञालाई थप कडाई गर्दै साउन मसान्त सम्म थपियो

पाल्पा । गएको वैसाख १७ गतेदेखि पाल्पामा जारी निषेधाज्ञालाई थप कडाई गर्दै साउन मसान्त सम्म लम्व्याइएको छ । पाल्पामा दैनिक ५० जनाको हाराहारीमा संक्रमित थपिएको हुँदा स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्ने निर्णय गदैै जारी निषेधाज्ञालाई ३२ गते राती १२ बजेसम्म लम्वाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो । यस अघि बिहान […]

उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ

न्युज अफ नेपाल, काठमाडौं । उपत्यकामा कोभिड–१९ संक्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप कडाई गरिने भएको छ ।मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीका अनुसार […]

मोरङमा जेठ ११ सम्मका लागि निषेधाज्ञा थपियो

विराटनगर : मोरङमा १० दिनका लागि निषेधाज्ञा थपिएको छ। निषेधाज्ञालाई थप कडाई गर्दै कोरोना संक्रमणको चेन ब्रेकका लागि आगामी जेठ ११ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो।कोरोना महामारीका कारण संक्रमण र मृत्युदर बढ्दो अवस्थामा रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।बैंक तथा वित्तिय संस्थाहरुले सिमित सेवा मात्रै प्रदान गर्ने बैठकको निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता शरद कुमार पोखरेलले जानकारी दिए ।नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय व

सुर्खेतमा थप दुई साता निषेधाज्ञा

सुर्खेतमा थप दुई साता निषेधाज्ञा थप्ने तयारी थालिएको छ ।  जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार शुक्रबार रातीदेखि लागु हुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने तयारी गरिएको हो । यसअघि लागु भएको निषेधाज्ञाको अन्तिम मिति भोलि सकिँदैछ ।अब निषेधाज्ञालाई विगत भन्दा केही कडाई गर्ने तयारी जिल्ला प्रशासनले गरेकाे छ।प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले  यसअघि लागु भएको निषेधाज्ञा कार्यान्वयनमा स्थानीयले ख्यालठट्टा गर्न थालेपछि अब लागु हुने निषेधाज्ञा अवधिमा थप कडाई गर्ने तयारी भ

राजधानीमा निषेधाज्ञा बैशाख २९ सम्म लम्बियो

न्युजअफ नेपाल काठमाडौं । आवागमनमा थप कडाई गर्दै काठमाडौं उपत्यकामा आगामी बैशाख २९ गते सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाहरुको मंगलबार बसेको बैठकले सो निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो । संक्रमणको जोखिम बढ्दै गएकोले पास वितरणमा थप कडाई गर्ने बैंक तथा वित्तीय संस्थाहरु जिल्लाको शाखाहरु […]

आजदेखि निषेधाज्ञामा थप कडाइ गरिने

आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ ।शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।बैंक तथा वित्तीय संस्था, सरकारी

निषेधाज्ञालाई थप कडाई गर्छौं : काठमाडौं सिडिओ

काठमाडौं। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञालाई थप कडाइ गरिने बताएका छन्। आज काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, जिल्ला सुरक्षा निकायका पदााधिकारी, जिल्ला समन्वय समितिका संयोजकसहित काठमाडौंको अनुगमनमा निस्केका सिडिओ पराजुलीले थप कडाइ गरिने बताए। उनले भने, ‘पाँचसय बेडको वीर अस्पतालको नयाँ भवन खाली छ, तत्काल सञ्चालनमा ल्याउन सकिनेबारे अनुगमन गर्‍याैं।’ आज सरकारी सवारीसाधनलाई पनि कडाइ गरेको उनले बताए।