उपत्यकामा विवाह र ब्रतबन्ध जस्ता कार्य गर्न सीडीओको स्वीकृति अनिवार्य

काठमाडौँ, ७ माघ। कोरोनाको संक्रमणदर बढ्दै गएपछि काठमाडौं उपत्यकामा थप कडाई गरिएको छ । उपत्यकामा विवाह र ब्रतबन्ध जस्ता कार्य गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)को स्वीकृति अनिवार्य गरिएको छ ।बिहीबार उपत्यकाका सीडीओको बैठकले धार्मिक, साँस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्नुअघि अनुमति लिनुपर्ने निर्णय गरेका हुन्। ललितपुरका सीडीओ घनश्याम उपाध्यायका अनुसार पार्टी प्यालेसमा एक पटकमा कुल […]

सम्बन्धित सामग्री

विवाह, ब्रतबन्ध आयोजना गर्नुअघि सीडीओको स्वीकृति अनिवार्य

काठमाडौं उपत्यकामा विवाह र ब्रतबन्ध जस्ता कार्यक्रम गर्नुअघि प्रमुख जिल्ला अधिकारीको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । बिहीबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले धार्मिक, साँस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्नुअघि अनुमति लिनुपर्ने निर्णय गरेका हुन् ।पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक चौथाइमा नबढ्ने गरी पूर्ण खोप लगाएका मानिसमात्र सहभागी हुन दिने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए । उनले भने– ‘विवाह, ब्रतबन्ध, न्वारान तथ

अब विवाह तथा ब्रतबन्धमा १० जना मात्र भेला हुन पाइने

काठमाडौं। काठमाडौं उपत्यकामा विवाह तथा ब्रतबन्ध गर्दा बढीमा १० जना मात्र भेला हुन पाइने भएको छ। आज उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले थप एक साताको लागि निषेधाज्ञा जारी गर्दै यस्तो नियम बनाएका हुन्। “विवाह तथा ब्रतबन्धको हकमा बढीमा १० जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने,” बताइएको छ।