सौराहाका ७ ओटा होटल तथा रेष्टुरेण्टले पाए ‘टू स्टार’ को मान्यता

पुस १५, चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा गरिएको स्तरीकरणमा ७ ओटा होटल तथा रेष्टुरेण्टले उत्तम तथा ‘टू स्टार’ को मान्यता पाएका छन् ।  टू स्टार मान्यता पाउनेमा अल्फ्रेस्को रेस्टुरेन्ट एण्ड सूर्याेदय गेष्ट हाउस तथा होटलतर्फ पार्क सफारी, होटल रेन फरेष्ट, सपना भिलेज, जंगल क्राउन, होटल सेभेन स्टार, ल्यान्डमार्क, फरेष्ट पार्क रहेका छन् । होटल तथा रेस्टुरेन्टहरुले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउन स्तरीकरण गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले ३१ ओटा होटल तथा रेस्टुरेन्टको स्तरीकरण गरेको थियो । ती होटलमा गरिएको अनुगमनका क्रममा १० ओटा होटल तथा रेस्टुरेन्ट स्तरीकरणमै नपरेको खाद्य निरीक्षक प्रदीप काफ्ले जानकारी दिए । ‘टू स्टार’ पाउने होटल तथा रेष्टुरेण्टलाई कार्यालयले हरियो स्टिकरमा दुईओटा स्टार प्रदान गरेको छ । ८ ओटा होटल तथा रेस्टुरेन्टले सन्तोषजनक स्थान पाएका छन् ।  ती होटल तथा रेस्टुरेन्टलाई हरियो स्टिकरमा एउटा स्टार प्रदान गरिएको खाद्य निरीक्षक काफ्लेले बताए । सामान्य स्तर पाएका ६ ओटा होटल तथा रेस्टुरेन्टलाई पहेंलो स्टिकर प्रदान गरिएको छ । सन्तोषजनक मान्यता पाउने होटलतर्फ युनिक वाइल्ड रिसोर्ट, चितवन जंगल वाइल्डलाइफ क्याम्प, ग्रिज स्पोन, चितवन फरेष्ट रिसोर्ट, पार्क ल्यान्ड, राइनो लज, जंगल सफारी रिसोर्ट तथा रेस्टुरेन्टतर्फ केसी रेस्टुरेन्ट रहेका छन् ।  त्यस्तै, सामान्यस्तरको मान्यता पाउने होटलतर्फ ट्राभल जंगल क्याम्प, होटल ओसिस, नेचर हेरिटेन, होली लज तथा रेस्टुरेन्टतर्फ सौराहा बिच, पोखरेली थकाली भान्साघर रहेका छन् । तर, सौराहामा पुराना तथा ठूलो लगानीमा सञ्चालित होटलहरु समेत स्तरीकरणमा नपरेको र एक पटकलाई मौका दिइएको खाद्य निरीक्षक काफ्लेले बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले होटल तथा रेस्टुरेन्टले प्रदान गर्ने सेवा र सरसफाइलाई केन्द्रित गरेर स्तरीकरण गर्ने गरेको छ ।  होटल तथा रेस्टुरेन्टको अवस्था, सरसफाइ, कर्मचारी व्यवस्थापन, खाद्य स्वच्छता, तेलको गुणस्तर, मालिकले कर्मचारीलाई गर्ने व्यवहार, पर्यटकलाई गर्ने व्यवहार, खानेकुराको भण्डारणलगायतका सूचक पूरा गरेका होटलहरुलाई स्टार दिइने गरिन्छ ।  सौराहामा रहेका अन्य होटल तथा रेस्टुरेन्टहरुको पनि अनुगमन गरी स्तरीकरण तथा सुधारका लागि मौका दिइने खाद्य निरीक्षक काफ्लेले बताए ।

सम्बन्धित सामग्री

भैरहवास्थित सिद्धार्थ भिलासा होटलले पायो ‘पाँचतारे’ मान्यता

१६ चैत, काठमाडौं । सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवास्थित होटल सिद्धार्थ भिलासाले पाँचतारे होटलको मान्यता पाएको छ । पर्यटन विभागले हालै उक्त होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी पाँचतारे मान्यता दिएको कम्पनीले जनाएको छ । लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐनअनुसार पाँचतारे स्तरको होटलमा वर्गीकरण गरी इजाजतपत्र दिइएको कम्पनीले जनाएको छ । करिब […]

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेको छ । महासंघका उपाध्यक्ष हेमराज ढकाल र पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित)को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी उक्त माग गरेको हो । होटल व्यवसायले अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान पुर्‍याउने होटल क्षेत्र देशको गरिमा समेत रहेको भन्दै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आग्रह गरेको हो । यस्तै महासंघले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी ब्राण्डले रोयल्टीबापत कुल विक्रीको ५ प्रतिशतभन्दा बढी लैजान नपाउने व्यवस्था भएको भन्दै त्यसमा समेत सहजीकरण गरिदिन माग गरेको छ ।  अर्थमन्त्री महतले उद्योग व्यवसाय सञ्चालनमा सरकारले सहयोग गर्ने भन्दै व्यवसायीको मागका सम्बन्धमा आफूले अध्ययन गरेर सकारात्मक नतीजा दिने प्रतिबद्धता व्यक्त गरे । हाल ऐनमा विदेशी ब्राण्डले रोयल्टीबापत कुल विक्रीको ५ प्रतिशतभन्दा बढी नहुने गरी मात्र रोयल्टी लैजान पाउने प्रावधानले मुलुकमा अन्तरराष्ट्रिय होटल रिसोर्ट सञ्चालनमा कठिन हुने महासंघको ठहर छ । समितिका सभापति बस्नेतले होटल व्यवसायसम्बन्धी विभिन्न संघ संस्थाबाट आएको सुझावका आधारमा प्रतिवेदन तयार पारेर यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाइएको बताए । सोही अनुरूप उद्योग मन्त्रालयले कात्तिक अन्तिम साता मन्त्रीस्तरीय निर्णय गर्दै रोयल्टीमा देखिएको समस्या समाधानका लागि समेत ऐन परिमार्जन गर्ने निर्णय गरिसकेको छ । उद्योग मन्त्रालयले अर्थ मन्त्रालयलाई पुस १ गते पत्र लेख्दै तारे होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगमा समावेश गर्नेगरी औद्योगिक व्यवसाय ऐनमा थप गर्न राय माग गरेको छ । भेटमा अर्थमन्त्री महतले उद्योग व्यवसाय सञ्चालनमा सरकारले सहयोग गर्ने भन्दै व्यवसायीको मागका सम्बन्धमा आफूले अध्ययन गरेर सकारात्मक नतीजा दिने प्रतिबद्धता व्यक्त गरे । अर्थमन्त्रीसँगको भेटमा उपाध्यक्ष ढकाल, समितिका सभापति बस्नेत, होटल व्यवसायी शशिकान्त अग्रवाल, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहलगायतका उद्योगी व्यवसायीको सहभागिता थियो ।

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग

व्यवसायीले होटल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेका छन् ।

रुपन्देहीका पर्यटकीय र तारे होटल सञ्चालक संगठित, उद्योगको मान्यता दिन माग

६ असोज, बुटवल । रुपन्देहीका पर्यटकीय र तारे होटेल सञ्चालकहरू संगठित भएका छन् । व्यवसायीहरुको बुटवलमा भएको भेलाले होटल एशोसिएसन अफ रुपन्देही नेपाल गठन गरेको हो । क्लब डेनोभोका सञ्चालक प्रविणबहादुर पाठक अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । उपाध्यक्षमा दिलीप गौचन, महासचिव विकास पाण्डे, कोषाध्यक्ष पदम केसी, सहकोषाध्यक्ष प्रनिदा दीक्षित तथा सदस्यहरुमा प्रविण शाक्य, ध्रुव […]

होटललाई उद्योगको मान्यता दिन माग

१२ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटललाई उद्योगको मान्यता दिन माग गरेको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलासँग भेट्दै समितिले यस्तो माग गरेको हो । मुलुकमा विदेशी मुद्रा भित्राउन उल्लेख भूमिका निर्वाह गर्दै आएको होटल व्यवसाय समस्या नै समस्यामा रहेको भन्दै समितिले […]

होटल र पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिइने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले होटल तथा पर्यटन व्यवसायलाई पनि उद्योग सरह मान्यता दिने बताएका छन् । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जले होटलहरुलाई पनि उद्योग सरह मान्यता दिन माग राख्दै दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले यसमा आफू सकारात्मक रहेको बताएका हुन् । ‘होटेल तथा पर्यटन व्यवसाय’ लाई उद्योग सरह मान्यता दिनुपर्ने यसअघि पनि […]

होटल इच्छाले पायो पाँचतारे होटलको मान्यता

१५ चैत, काठमाडौं । मधेश प्रदेशको बारामा सञ्चालित होटल इच्छाले पाँचतारे होटलको मान्यता पाएको छ । होटल इच्छालाई पर्यटन विभागले १३ चैतमा पाँचतारे होटलको मान्यता दिएको हो । यससँगै नेपालमा पाँचतारे होटलको संख्या १८ पुगेको छ । काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर ६ वटा पाँचतारे होटल छन् । सिमरामा अवस्थित होटल इच्छा मधेश प्रदेशको […]

होटल तथा पर्यटन व्यवसायलाई उत्पादनमूलक उद्योग सरहको मान्यता

काठमाडौं। सरकारले होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरहको मान्यता दिएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले होटललाई उत्पादनमूलक उद्योगको सरह मान्यता र सुविधा दिएको हो। होटललाई उत्पादनमूलक उद्योग सरहको सुविधा दिएपछि होटल संघ नेपालले खुसी व्यक्त गरेको छ।

पोखरामा चिकित्सकसहितको होटल आइसोलेसन सञ्चालनमा

पर्यटकीय नगरी पोखरामा एउटा होटलले मात्र आधिकारिक रूपमा होटल आइसोलेसनको मान्यता प्राप्त गरेसँंगै होटलमा आइसोलेसन सेवा सञ्चालन भएको छ । पोखराको पृथ्वीचोकमा रहेको होटल तिरुपतिमा आइसोसेलन सेवा सुरु भएको हो ।तीनजना युवा व्यवसायी प्रल्हादजंग मरासिनी, ध्रुव शर्मा र निराजन विक्रम राणाले गण्डकी हेल्थ केयर सेन्टरको नामबाट होटल आइसोलेसन सेवा सञ्चालनमा ल्याएका हुन् । पोखराको पार्दीविरौटामा […]