होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग

व्यवसायीले होटल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेका छन् ।

सम्बन्धित सामग्री

भैरहवास्थित सिद्धार्थ भिलासा होटलले पायो ‘पाँचतारे’ मान्यता

१६ चैत, काठमाडौं । सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवास्थित होटल सिद्धार्थ भिलासाले पाँचतारे होटलको मान्यता पाएको छ । पर्यटन विभागले हालै उक्त होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी पाँचतारे मान्यता दिएको कम्पनीले जनाएको छ । लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐनअनुसार पाँचतारे स्तरको होटलमा वर्गीकरण गरी इजाजतपत्र दिइएको कम्पनीले जनाएको छ । करिब […]

सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टलाई 'चार तारे होटल' को मान्यता

सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित 'सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट'ले ४ तारे होटल स्तरको मान्यता पाएको छ । पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो ।

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेको छ । महासंघका उपाध्यक्ष हेमराज ढकाल र पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित)को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी उक्त माग गरेको हो । होटल व्यवसायले अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान पुर्‍याउने होटल क्षेत्र देशको गरिमा समेत रहेको भन्दै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आग्रह गरेको हो । यस्तै महासंघले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी ब्राण्डले रोयल्टीबापत कुल विक्रीको ५ प्रतिशतभन्दा बढी लैजान नपाउने व्यवस्था भएको भन्दै त्यसमा समेत सहजीकरण गरिदिन माग गरेको छ ।  अर्थमन्त्री महतले उद्योग व्यवसाय सञ्चालनमा सरकारले सहयोग गर्ने भन्दै व्यवसायीको मागका सम्बन्धमा आफूले अध्ययन गरेर सकारात्मक नतीजा दिने प्रतिबद्धता व्यक्त गरे । हाल ऐनमा विदेशी ब्राण्डले रोयल्टीबापत कुल विक्रीको ५ प्रतिशतभन्दा बढी नहुने गरी मात्र रोयल्टी लैजान पाउने प्रावधानले मुलुकमा अन्तरराष्ट्रिय होटल रिसोर्ट सञ्चालनमा कठिन हुने महासंघको ठहर छ । समितिका सभापति बस्नेतले होटल व्यवसायसम्बन्धी विभिन्न संघ संस्थाबाट आएको सुझावका आधारमा प्रतिवेदन तयार पारेर यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाइएको बताए । सोही अनुरूप उद्योग मन्त्रालयले कात्तिक अन्तिम साता मन्त्रीस्तरीय निर्णय गर्दै रोयल्टीमा देखिएको समस्या समाधानका लागि समेत ऐन परिमार्जन गर्ने निर्णय गरिसकेको छ । उद्योग मन्त्रालयले अर्थ मन्त्रालयलाई पुस १ गते पत्र लेख्दै तारे होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगमा समावेश गर्नेगरी औद्योगिक व्यवसाय ऐनमा थप गर्न राय माग गरेको छ । भेटमा अर्थमन्त्री महतले उद्योग व्यवसाय सञ्चालनमा सरकारले सहयोग गर्ने भन्दै व्यवसायीको मागका सम्बन्धमा आफूले अध्ययन गरेर सकारात्मक नतीजा दिने प्रतिबद्धता व्यक्त गरे । अर्थमन्त्रीसँगको भेटमा उपाध्यक्ष ढकाल, समितिका सभापति बस्नेत, होटल व्यवसायी शशिकान्त अग्रवाल, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहलगायतका उद्योगी व्यवसायीको सहभागिता थियो ।

होटललाई उद्योगको मान्यता दिन माग

१२ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटललाई उद्योगको मान्यता दिन माग गरेको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलासँग भेट्दै समितिले यस्तो माग गरेको हो । मुलुकमा विदेशी मुद्रा भित्राउन उल्लेख भूमिका निर्वाह गर्दै आएको होटल व्यवसाय समस्या नै समस्यामा रहेको भन्दै समितिले […]

होटल र पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिइने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले होटल तथा पर्यटन व्यवसायलाई पनि उद्योग सरह मान्यता दिने बताएका छन् । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जले होटलहरुलाई पनि उद्योग सरह मान्यता दिन माग राख्दै दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले यसमा आफू सकारात्मक रहेको बताएका हुन् । ‘होटेल तथा पर्यटन व्यवसाय’ लाई उद्योग सरह मान्यता दिनुपर्ने यसअघि पनि […]

होटल तथा पर्यटन व्यवसायलाई उद्योगसरह मान्यताको माग राख्दै ज्ञापनपत्र

होटल तथा पर्यटन व्यवसायीहरूले देशभरका होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता र सेवा सुविधा उपलब्ध गराउन माग राख्दै आईतबार ज्ञापनपत्र बुझाएका छन।  वीरगन्जमा होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता...

होटल इच्छाले पायो पाँचतारे होटलको मान्यता

१५ चैत, काठमाडौं । मधेश प्रदेशको बारामा सञ्चालित होटल इच्छाले पाँचतारे होटलको मान्यता पाएको छ । होटल इच्छालाई पर्यटन विभागले १३ चैतमा पाँचतारे होटलको मान्यता दिएको हो । यससँगै नेपालमा पाँचतारे होटलको संख्या १८ पुगेको छ । काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर ६ वटा पाँचतारे होटल छन् । सिमरामा अवस्थित होटल इच्छा मधेश प्रदेशको […]

होटल तथा पर्यटन व्यवसायलाई उत्पादनमूलक उद्योग सरहको मान्यता

काठमाडौं। सरकारले होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरहको मान्यता दिएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले होटललाई उत्पादनमूलक उद्योगको सरह मान्यता र सुविधा दिएको हो। होटललाई उत्पादनमूलक उद्योग सरहको सुविधा दिएपछि होटल संघ नेपालले खुसी व्यक्त गरेको छ।

बजेटमा पर्यटन क्षेत्रलाई उद्योगको रुपमा सम्बोधन, व्यवसायीद्वारा खुशी व्यक्त

‘धुवा विनाको उद्योग’ भनेर पर्यटन क्षेत्रलाई चिन्ने गरिन्छ । तर  कहिल्यै पर्यटन उद्योगले उद्योगको मान्यता पाएन । तर, पछिल्लो पटक सरकारको बजेट मार्फत पर्यटन क्षेत्रलाई पनि उद्योगको रुपमा सम्बोधन गरेको छ । गत शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेका आर्थिक वर्ष २०७८÷७९ को बजेटले कोभिड प्रभावित अन्य उद्योग सरह होटल व्यवसायहरुलाई पनि विद्युत महशुलमा छुट दिने घोषणा गरेसँगै व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् । नेपाल होटल संघ (हान) ले मंगलबार बजेट बारे आ