होटल तथा पर्यटन व्यवसायलाई उत्पादनमूलक उद्योग सरहको मान्यता

काठमाडौं। सरकारले होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरहको मान्यता दिएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले होटललाई उत्पादनमूलक उद्योगको सरह मान्यता र सुविधा दिएको हो। होटललाई उत्पादनमूलक उद्योग सरहको सुविधा दिएपछि होटल संघ नेपालले खुसी व्यक्त गरेको छ।