बागलुङमा आजदेखि कडा निषेधाज्ञा

बागलुङ।कडा प्रावधानसहित आगामी भदौ ५ गते मध्यरातसम्मलाई निषधाज्ञा थप गरिएको छ।अत्यावश्यबाहेकका सबै सेवा बन्द हुने गरी आज बिहान ५ बजेदेखि निषेधाज्ञामा कडाइ गरिएको हो।जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर बढेको निष्कर्षसहित निषेधाज्ञा कडा बनाउने निर्णय गरेको थियो। सबै खाले सार्वजनिक/निजी यातायात बन्द भएका छन्। बजार, व्यवसाय, बैंक तथा वित्तीय संस्था, सरकारी/गैरसरकारी कार्यालय पनि सञ्चालनमा रोक लगाइएको छ।

सम्बन्धित सामग्री

संक्रमण बढेपछि झापामा आजदेखि निषेधाज्ञा : घरबाट बाहिर निस्कन समेत रोक

काठमाडौं : झापामा आजदेखि कडा निषेधाज्ञा गरिएको छ। निषेधाज्ञाको कारण सडक, बजार, व्यापारिक क्षेत्र सुनसान देखिएको छ। केही दिनदेखि झापामा संक्रमितको सङ्ख्या ह्वातै बढेपछि जिल्ला प्रशासनले कडा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो। बिहीवार जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै साउन २३ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो। संक्रमण बढेपछि त्यसलाई नियन्त्रण…

अर्घाखाँचीमा आजदेखि पूर्णकालीन निषेधाज्ञा

साउन १६, अर्घाखाँची । अर्घाखाँचीमा आज (शनिवार) देखि पूर्णकालीन निषेधाज्ञा हुने भएको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा गरिने भएको हो ।  राति १२ बजेबाट लागू हुनेगरी साउन ३० गतेसम्म पूर्ण निषेधाज्ञा जारी गर्ने डीसीसीएमसीको बैठकले निर्णय गरेको छ । कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए । अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने छन् । यातायात, बैंक तथा वित्तीय संस्था पूर्णरूपमा बन्द हुने निर्णय भएको छ । अर्घाखाँचीमा अहिलेसम्म ५४४ जना सक्रिय संक्रमित रहेका छन् । कोभिडका २६ जना बिरामी अर्घाखाँची अस्पतालमा भर्ना भएका छन् ।  स्वास्थ्य मापदण्ड पालना नहुनुलगायतका कारण कोरोना संक्रमित बढेको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले बताए । आजभन्दा एक हप्ताअघि ६ जना बिरामी अर्घाखाँची अस्पतालमा भर्ना भएकोमा हाल २६ जना कोभिडका बिरामी भर्ना भएको र उपचार भइरहेको डा गौतमको भनाइ छ ।  अस्पातलमा बिरामी राख्ने समस्यासमेत सिर्जना भएको छ । सरकारले अर्घाखाँचीसहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ । रासस

आजदेखि निषेधाज्ञामा कडाइ : बिहानैदेखि कारवाही शुरु, तस्बिरमा हेर्नुहोस्

स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई शुक्रबारदेखि थप कडा बनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको थियो । साेही निर्णयअनुसार आजदेखि  निषेधाज्ञामा कडाइ गरिएको हो । बिहानैदेखि अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेहरुलाई हाेल्डमा राखिएको छ भने अनुमति बेगर सवारी चलाउनेहरुमाथि पनि कारवाही शुरु गरिएको छ । काठमाडौं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा जारी छ । प

उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ

न्युज अफ नेपाल, काठमाडौं । उपत्यकामा कोभिड–१९ संक्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप कडाई गरिने भएको छ ।मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीका अनुसार […]

निषेधाज्ञामा झापा : बजार सडक सबै सुनसान (फोटो फिचर)

झापा : पूर्वी नेपालको झापा जिल्लामा आज (बिहीबार) देखि निषेधाज्ञा थप कडा पारिएको छ। निषेधाज्ञा कडा पारिएसँगै जिल्ला बजार क्षेत्र र सडक सुनसान देखिएको छ।भारतीय खुला सीमा क्षेत्रसँग जोडिएको जिल्लामा दोस्रो लहरको कोरोना संक्रमितको सङ्ख्या ह्वातै बढेसँगै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडा बनाएको हो। तीन दिन आंशिक निषेधाज्ञा जारी गरेको प्रशासनले आजदेखि वैशाख ३१ गते मध्यरात सम्मलाई अत्यावश्यक कामबाहेक जनतालाई घरबाहिर ननिस्किने खालको कडा निषेधाज्ञा जारी गरेको हो।प्रशासनले यातायातमा जोर बिजोर

आजदेखि ५६ जिल्लामा निषेधाज्ञा

काठमाडौं,२३ वैशाख । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको निषेधाज्ञाको नियम थप कडा पारिन थालिएको छ । आजदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू भएसँगै निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ५६ पुगेको गृह मन्त्रालयले उल्लेख गरेको छ । स्थानीय प्रशासनमार्फत पूर्ण र आंशिक गरी ५६ जिल्लामा निषेधाज्ञा लागू भएको हो । गृह […]