अर्घाखाँचीमा आजदेखि पूर्णकालीन निषेधाज्ञा

साउन १६, अर्घाखाँची । अर्घाखाँचीमा आज (शनिवार) देखि पूर्णकालीन निषेधाज्ञा हुने भएको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा गरिने भएको हो ।  राति १२ बजेबाट लागू हुनेगरी साउन ३० गतेसम्म पूर्ण निषेधाज्ञा जारी गर्ने डीसीसीएमसीको बैठकले निर्णय गरेको छ । कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए । अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने छन् । यातायात, बैंक तथा वित्तीय संस्था पूर्णरूपमा बन्द हुने निर्णय भएको छ । अर्घाखाँचीमा अहिलेसम्म ५४४ जना सक्रिय संक्रमित रहेका छन् । कोभिडका २६ जना बिरामी अर्घाखाँची अस्पतालमा भर्ना भएका छन् ।  स्वास्थ्य मापदण्ड पालना नहुनुलगायतका कारण कोरोना संक्रमित बढेको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले बताए । आजभन्दा एक हप्ताअघि ६ जना बिरामी अर्घाखाँची अस्पतालमा भर्ना भएकोमा हाल २६ जना कोभिडका बिरामी भर्ना भएको र उपचार भइरहेको डा गौतमको भनाइ छ ।  अस्पातलमा बिरामी राख्ने समस्यासमेत सिर्जना भएको छ । सरकारले अर्घाखाँचीसहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ । रासस

सम्बन्धित सामग्री

अर्घाखाँचीमा ३० गते सम्मकालागि पूर्णकालीन निषेधाज्ञा

अर्घाखाँची । अर्घाखाँची जिल्लामा आजदेखि लागु हुनेगरी ३० गते सम्मकालागि पूर्णकालीन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा लगाइएको हो । निषेधाज्ञा अवधिमा अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने डीसीसीएमसीको बैठकले निर्णय गरेको छ । यातायात, बैंक तथा वित्तीय संस्था पूर्णरूपमा बन्द हुने […]