प्याराग्लाइडिङः शारिरिक समस्या देखिएका पाइलटलाई उडानमा रोक

स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि कतिपय पाइलटले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्ने गरेको पाइएको छ। परीक्षणका क्रममा गम्भिर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक समेत लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वास्थ...

सम्बन्धित सामग्री

श्री एअरलाइन्सको जहाज उडाउन रोक, इन्जिनियरलाई ड्युटीबाट हटाइयो !

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ ।तीन दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ । जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिने प्राधिकरणको भनाइ छ ।यो जहाजको ल्यान्डिङ गियरमा अस्ति शनिवार समस्या आएकोमा आज साेमवार फेरि त्यही समस्या दोहोरिएको थियो । प्राधिकरणले जहाजको मर्मतमा संलग्न इन्जिनियरलाई पनि सोधपुछका लागि ड्युटीबाट हटाएको छ ।आज बिहान भैरहवाबाट उडेको श्री एअ...

श्री एयरलाइन्सको '९एन–एएनइ' जहाज उडानमा प्रतिबन्ध

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो । भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्र...

शारीरिक समस्या भएका पाइलटलाई उडानमा रोक

काठमाडौं, मंसिर २ । स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि कतिपय पाइलटले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्ने गरेको पाइएको छ। परीक्षणका क्रममा गम्भीर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वास्थ्य समस्या रहेका पाइलटलाई कम्तिमा ६ महिनासम्मका लागि उडानमा रोक लगाएको हो। प्राधिकरणका प्रबन्धक मुकेशराज दाहालका अनुसार स्वास्थ्य परीक्षण […]

शारीरिक समस्या भएका पाइलटलाई उडानमा रोक

परीक्षणका क्रममा गम्भीर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वास्थ्य समस्या रहेका पाइलटलाई कम्तिमा ६ महिनासम्मका लागि उडानमा रोक लगाएको हो।...

बुद्ध एयर प्रकरणः जहाज उडाएर पाइलटलाई मात्र प्रतिबन्ध किन ?

बुद्ध एयरका क्याप्टेन आङगेलु शेर्पा अहिले सबैका परिचित पात्र बनेका छन् । असोज ११ गते सोमबार विराटनगर अवतरण हुन नसकेपछि काठमाडौँ फर्किएर लामो प्रयासपछि जहाजलाई अवतरण गराएर ७७ जनाको ज्यान बचाएको भन्दै वाहवाही कमाएका क्याप्टेन शेर्पा अहिले प्रतिबन्धमा छन् ।बुद्धको एटीआर–७२ विमानका क्याप्टेन शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लागेको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) को उडान सुरक्षा डिपार्टले क्याप्टेनसहित चालक दलका सदस्यहरुलाई उडानमा रोक लगाएको हो ।जहाज रिलिजल्याण्डिङ गेयरमा समस्या आएर चालक दलका सदस्यसहित ७७ जना यात्रुलाई जहाजभित्रै रुन बाध्य बनाएको जहाज भने नियमित उडान गर्न थालिसकेको छ । बुद्ध एयर र प्राधिकरणका प्राविधिकहरुले जहाजको अनुसन्धान गर्दा कुनै खराबी नभेटेपछि जहाज नियमित उडानमा छ ।‘अनुसन्धान गर्दा जहाजमा कुनैपनि समस्या देखिएन, त्यसपछि जहाज रिलिज भईसकेको छ’ बुद्धका प्रवक्ता रुपेश जोशी भन्छन्, ‘अहिले उक्त जहाजमार्फत नियमित उडान गरिरहेका छौँ ।’उनका अनुसार नियमित उडान थालेको उक्त जहाजमा अहिले कुनैपनि समस्या देखिएको छैन ।गत सोमबार काठमाडौँबाट विराटनगर उडेको बुद्धको जहाज ल्याण्ड गर्ने समयमा पांग्रा खुलेको देखाउने इन्डिकेटर बलेको थिएन । त्यसपछि काठमाडौँ ल्याएर आकाशमा कयौँ फन्का घुमाएपछि पांग्रा खुलेको यकिन भएपछि मात्रै अवतरण गराइएको थियो । क्याप्टेनलाई प्रतिबन्ध किन ?क्याप्टेनसहित चालक दलका अन्यलाई अन्तराष्ट्रिय अभ्यास र नियम अनुसार नै जहाज उडानमा अस्थायी प्रतिबन्ध लगाईएको प्राधिकरणले जनाएको छ । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले ‘इन्सिडेण्ट’ भएको अवस्थामा क्याप्टेन र चालक दलका सदस्यलाई ७२ घण्टा काम नलगाउने नीति लिएकाले सोही अनुसार उनीहरुलाई ७२ घण्टाको लागि प्रतिबन्ध लगाईएको जनाईएको छ ।बुद्ध एयरका प्रवक्ता जोशीले पनि क्यानले अनुसन्धानका लागि बनाएको समितिले शुक्रबार वा आइतबारसम्म प्रतिवेदन सार्वजनिक गर्ने र उक्त प्रतिवेदनमा के आउँछ सोही अनुसार अघि बढ्ने बताए । चालक दलका सदस्यलाई प्रशिक्षणप्राधिकरण स्रोतले उनीहरुमा मानसिक त्रास वा अरु केही समस्या उत्पन्न भएको हुन सक्ने भएकाले उनीहरुलाई ‘रिफ्रेश’ गराईनेछ । रिफ्रेश गराउँदा सामान्य प्रशिक्षण पनि दिईनेछ । ‘क्यानको रिपोर्टमा के आउँछ त्यही गर्छौँ’ जोशीले भने, ‘क्यानले क्याप्टेनको लाइसेन्स फुकुवा गर्ने भन्यो भने तत्काल फुकुवा हुन्छ, केही दिन रिफ्रेश गराऔँ भन्यो भनेपनि हामी त्यो गर्छौँ ।’

असार १ गतेदेखि आन्तरिक उडान सञ्चालनको माग

काठमाडौं (अस) । वायुसेवा सञ्चालक संघले आउँदो असार १ गतेदेखि आन्तरिक उडान सञ्चालनका लागि माग गरेको छ । विगत ३५ दिनदेखि आन्तरिक उडानमा रोक लगाउँदा लाखौं कर्मचारीको रोजगारी गुम्ने र रोजीरोटीको समस्या हुने भन्दै संघले मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री उमाशंकर अरगरिया समक्ष उक्त माग गरेको हो । स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरूपमा पालना गरी उडान सञ्चालन गर्न सेवाप्रदायक कम्पनीहरू प्रतिबद्ध रहेको भन्दै संघले लामो समयदेखि बन्द रहेको उडान सञ्चालनमा सहजीकरण गरिदिन मन्त्रालयसँग माग गरेको छ । कोरोना दोस्रो लहरको केही समयसम्म पनि उडानलाई निरन्तर दिइएको र त्यसबेला यात्रुहरू संक्रमणरहित रहेको संघको दाबी छ । कोभिडविरुद्ध तालीमप्राप्त जनशक्ति तथा हरेक उडानपूर्व जहाजको संक्रमणरहित सरसफाइ, मास्क तथा फेसशिल्डको अनिवार्य प्रयोगले उडान सुरक्षित भएको संघको भनाइ छ । यी उपाय अपनाएर यात्रु आवतजावत गराइने भएकाले अब आन्तरिक उडान सञ्चालन गर्न दिन संघले मन्त्रीसमझ अनुरोध गरेको छ । सरकारले वैशाख २० गतेदेखि नै आन्तरिक उडानमा रोक लगाएको छ । ३५ दिनदेखि आन्तरिक उडान ठप्प रहँदा यो क्षेत्रको आम्दानी घटिरहेको र कैयौं कर्मचारीको रोजगारी गुम्ने जोखिम रहेको संघको भनाइ छ । रोजगारी गुम्नुका साथै आश्रित परिवारको रोजीरोटी खोसिने भन्दै संघले आन्तरिक उडानलाई सहज र सुरक्षित बनाउनुपर्नेमा जोड दिएको छ । यसैगरी संघले अन्तरराष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्यमा कटौतीको स्वागत गरेको छ । आन्तरिकतर्फको पनि न्यून मुनाफा राखेर मूल्य घटाउन संघले अनुरोध गरेको छ । इन्धनमा मूल्य घटाउँदा सञ्चालन खर्च घट्ने र सर्वसाधारणले सुलभ दरमा हवाईयात्रा गर्न पाउने उल्लेख छ । यस्तै हालको निषेधाज्ञा अवधिभर ल्याण्डिङ पार्किङ तथा अन्य शुल्कहरूमा ७५ प्रतिशत छूटका लागि पनि संघले सरकारसँग अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशनप्रति अफिनको ध्यानाकर्षण

काठमाडौं (अस) । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युशन अफ नेपाल (अफिन)ले १५ दिनभित्र अक्सिजन प्लान जडान गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । मन्त्रालयले ठोस कदम चाल्नुको सट्टा अव्यावहारिक निर्णय गरेको भन्दै अफिनले आपत्ति व्यक्त गरेको छ ।  कोभिड संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण अस्पतालहरूलाई अक्सिजन प्लान्ट जडान गर्न कम्तीमा तीन महीना लाग्ने उसले स्पष्ट पारेको छ । सय शय्याका निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान जडानको निर्देशन दिनु गैरजिम्मेवारपूर्ण निर्णय भएको समेत अफिनले औंल्याएको छ । कोरोना महामारीका कारण मुलुकभर चर्किएको अक्सिजन अभावबारे सबै अवगत रहेको उल्लेख गर्दै संस्थाले कोभिडको उपचार गरिरहेका निजी अस्पतालहरूलाई राज्यले अत्यावश्यक स्रोतसाधन उपलब्ध नगराई हचुवाको भरमा निर्णय गरेको टिप्पणी गरेको छ । हाल निषेधाज्ञा कायमै रहेको र अन्तरराष्ट्रिय उडानमा समेत रोक लगाइएको भन्दै अफिनले द्रूत ढुवानीको अन्य कुनै विकल्प नभएकाले १५ दिनमा जडान सम्भव नभएको स्पष्ट्याएको छ । सरकारको मापदण्ड बमोजिम सय शय्याको अस्पतालका लागि आवश्यक अक्सिजन प्लान्टको मूल्य २ करोड पर्ने र सोको जडानका लागि ५० लाख थप लगानी लाग्ने भन्दै अफिनले विद्यमान परिस्थितिमा उक्त लगानीका लागि सबै अस्पताल सक्षम नरहेको बताएको छ । विज्ञप्तिमा देशभर अक्सिजनको अभावको समस्या समाधान गर्न सरकारको तर्फबाट विशेष कदम चालिनुपर्ने माग समेत गरिएको छ । साथै सरकारको कदममा साथ दिन निजी अस्पताल तयार रहेको भनिएको छ ।

जहाजको समस्या जानकारी नगराउने पाइलटलाई उडानमा रोक

१६ फागुन, काठमाडौं । नेपाल वायु सेवा निगमले जहाजमा प्राविधिक समस्या आउँदा पनि जानकारी नगराउने पाइलटलाई उडान गर्नबाट रोक लगाएको छ । निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार २४ पुसमा दोहाबाट काठमाडौं आएको ए ३३० जहाज अवतरणका …

नाफा खोज्ने निजी एयरलाइन्सलाई उडानमा रोक

हुम्ला – नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न सुरु गरेका छन् । एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दशैँतिहारमा जिल्ला भित्रिने जिल्लावासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भए...